मौसम: आउँदो शनिवारसम्म मौसम सफा रहने

मंसिर २२, काठमाडौं । आउँदो शनिवारसम्म नै देशका धेरै ठाउँको मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन् ।

स्थानीय वायुको प्रभाव बदली भइ फाट्टफुट्ट पानी पर्ने सम्भावना रहे पनि मौसम धेरै बदली वा वर्षाको सम्भावना नरहेको मौसमविद् निराजन सापकोटाले जानकारी दिए । शनिवारसम्म बाहिरी प्रणाली भित्रने सम्भावना नरहेको उनले बताए ।

अहिले काठमाण्डौ उपत्यका लगायत धेरै ठाउँमा मौसम खुलेको छ भने पहाडी भेगको केही ठाउँमा बदली भएको छ । बेलुकीपख प्रदेश १ को पहाडी भेगमा बदली भएर केही ठाउँमा सामान्य पानी र उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य हिमपातको सम्भावना रहेको मौसम पूर्वानूमान् महाशाखाले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply