देशभरको मौसम बदली: आज दिउँसो हल्का वर्षाको सम्भावना

माघ ८,काठमाण्डौ । देशभरको मौसम बद्ली भएको छ । पश्चिम नेपालबाट भित्रिएको न्यून चापीय प्रणालीका कारण आजदेखि मौसम बद्ली भएको हो ।

अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बादल लागिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर अहिलेसम्म कतै पनि पानी परेको छैन । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, वाग्मती र प्रदेश-१ का एक–दुई ठाउँमा आज दिउँसो हल्का वर्षाको सम्भावना छ । आजराति पनि मौसम बद्लीकै अवस्थामा रहनेछ ।

अहिले तराईमा हुस्सु र कुहिरो लागेको महाशाखाका मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन । अबको दुईरतीन दिन उच्च भूभागमा हिमपात तथा पहाडी र तराई क्षेत्रमा पानी पर्नसक्ने सम्भावना देखिएको छ । न्यून चापीय प्रणालीको प्रभाव पर्सि सोमवारसम्म देखिनेछ । त्यसपछि क्रमशः सुधार हुँदै जाने उनले बताइन।

संम्बन्धित समचार

Leave a Reply