निस्सासिएर तीन महिने बालकको मृत्यु, दुई गम्भिर

माघ ९, काठमाडौं । भक्तपुरमा निस्सासिएर तीन महिने बालकको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका(४ दधिकोट गाम्चास्थित घरको कोठामा निस्सासिएर तीन महिने बालकको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए । दुई जना गम्भीर अवस्थामा समेत रहेको पाण्डेले बताए ।

रामेछाप मन्थली नगरपालिका घर भई सो ठाउँमा ३० वर्षीय अभिषेक रम्तेल, उनकी श्रीमती २८ वर्षीया पसुना तामाङ र तीन महिने छोरा गाम्चास्थित भावना थापाको जस्ताले छाएको घरमा बस्थे । उनीहरू दुई वर्षदेखि त्यहाँ डेरा गरी बसेका थिए ।

शनिबार बेलुकी खाना खाएर उनीहरूले कोठामा आगो तापेर सुतेका थिए । तर आइतबार बिहान अबेरसम्म पनि नउठेपछि स्थानीयले प्रहरीलाई खबर गरेको थियो । प्रहरीले झ्यालबाट हेर्दा उनीहरूलाई अचेत अवस्थामा देखेपछि तत्कालै मध्यपुर अस्पताल लगिएको थियो ।

उपचारको क्रममा बिहान तीन महिने छोराको मृत्यु भएको हो । श्रीमान र श्रीमतीको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अझै पनि होस आइनसकेको परिसरले जनाएको छ । प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

संम्बन्धित समचार

Leave a Reply