शेयर, घरजग्गा र सवारी साधन कर्जामा राष्ट्र बैंकको कडाई

फागुन, १२, काठमाडौँ । नेपाल राष्ट्र बैंकले शेयर, घरजग्गा र सवारी साधनलगायतमा पाउँने कर्जामा कडाई गरेको छ । बुधबार राष्ट्र बैंकले गत बिहीबार सार्वजनिक गरेको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाको सर्कुलर जारी गर्दै कडाइ गरेको हो ।

नेपाल राष्ट्र बैंकले शेयर धितो, सवारी कर्जा र घर जग्गा को जोखिम भारित औसत सीमालाई एक सयबाट बढाएर १५० प्रतिशत पुर्‍याएको छ । यसैगरी बैंक दर पनि २ प्रतिशतले बढाएर ७ प्रतिशत पर्याएको छ ।

ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको स्थायी तरलता सुविधा दरमा पनि २ प्रतिशतले बढाएर ७ प्रतिशत, तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरमा २ प्रतिशतले बढाएर ४ प्रतिशत र नीतिगत दरको रुपमा रहेको रिपो दरमा पनि २ प्रतिशतले बढाएर ५.५ प्रतिशत कायम गरिएको छ ।

यस्तै २०८२ असार मसान्तसम्म जाने १० प्रतिशत उर्जा क्षेत्रमा जाने कर्जा अन्तर्गत २०७९ असार मसान्तमसम्म ६ प्रतिशत, २०८० असार मसान्तसम्म ७ प्रतिशत, २०८१ असार मसान्तसम्म ८ प्रतिशत र २०८२ असार मसान्तसम्ममा १० प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने बुधबार जारी गरेको निर्देशनमा उल्लेख छ ।

संम्बन्धित समचार

Leave a Reply