थप चार कम्पनीलाई नेटवर्किङ व्यवसायको अनुमति

बैशाख ३, काठमाडौँ । सरकारले थप चारवटा कम्पनीलाई वस्तुको प्रत्यक्ष बिक्री गर्न अनुमति दिएको छ । वस्तुको प्रत्यक्ष बिक्रीसम्बन्धी निर्देशिका, २०७८ स्वीकृत भएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ती कम्पनीलाई व्यवसाय सञ्चालन अनुमति दिएको हो ।

अनुमति पाउने कम्पनीहरूमा गोल्डेन नेपाल मार्केटिङ प्रालि, जीएस मल्टी ट्रेड इन्टरनेसनल प्रालि, अवर्जन ट्रेडिङ प्रालि र प्राइम अर्टस प्रालि रहेका छन् । यसअघि नौवटा कम्पनीले अनुमति पाइसकेका छन् । वस्तुको बिक्रीसम्बन्धी निर्देशिका नभएका कारण एक वर्षअघि विभागले इजाजत रोकेको थियो ।

‘वस्तुको प्रत्यक्ष बिक्री’ भन्नाले इजाजत प्राप्त उत्पादक वा वितरण कम्पनीबाट उपलब्ध वस्तु प्रत्यक्ष रूपमा उपभोक्तालाई बिक्री गर्न‘ हो । ‘वस्तु प्रत्यक्ष बिक्री’मा उत्पादक आफैँले उपभोक्तालाई वस्तु बिक्री गर्छ । अरू व्यवसायको जस्तो उत्पादक र उपभोक्ताबीच तह (थोक, खुद्रा बिक्रेता) हुँदैनन् । विभागका प्रवक्ता हरि पङ्गेनीले भने, “बीचमा कमिसन र मुनाफा खाने तह नहुँदा उपभोक्ताले कम मूल्यमा वस्तु प्राप्त गर्न सक्छन् ।” अनुमति पाएका कम्पनीले दैनिक उपभोग्य वस्तुलगायतका सामान बिक्री गर्ने उनले जानकारी दिए ।

संम्बन्धित समचार

Leave a Reply