गर्भनर अधिकारीको मुद्दामा अन्तरिम आदेशलाई निरन्तरता !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ बैशाख १६, शुक्रबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख १६,काठमाडौँ । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीको मुद्दामा अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।

गभर्नर अधिकारीमाथिको कारबाही यथास्थितिमा राख्नु भनी सर्वोच्च अदालतले यसअघि दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।

सर्वोच्चको आदेशसँगै गभर्नर अधिकारीले निरन्तर काम गर्न पाउने भएका छन् । सरकारले छानबिन गर्न समिति गठन गरेपछि निलम्बनमा पर्नुभएका गभर्नर अधिकारी सर्वोच्चले वैशाख ६ गते अल्पकालीन अन्तरिम आदेश दिएपछि काममा फर्केका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस