गठबन्धनका उम्मेदवारलाई जिताउन सम्पूर्ण शक्ति खर्च गर्ने समाजवादीको निर्णय

वैशाख २०, काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले महानगर तथा उपमहानगरमा गठबन्धनका उम्मेदवारलाई जिताउन सम्पूर्ण शक्ति खर्च गर्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएको छ। पार्टीको केन्द्रीय सचिवालय बैठकले देशभरिका सबै स्थानमा गठबन्धनका उम्मेदवारलाई जिताउन लागिपर्ने निर्णय पनि गरेको छ । त्यस्तै, आफ्नो उम्मेदवार नभएको र गठबन्धन पनि नभएको स्थानमा दक्षिणपन्थी, अवसरवादी र प्रतिगामी शक्तिबिरुद्ध मतदान गर्ने निर्णय पनि बैठकले गरेको छ ।

एकल उम्मेदवारी दिएका स्थानमा पार्टीका उम्मेदवारलाई जिताउन प्रयत्न गर्ने र अन्तिमसम्म पनि गठबन्धनबीच सहमति बनाउन प्रयास गर्ने निर्णय पनि समाजवादीले गरेको छ ।

संम्बन्धित समचार

Leave a Reply