इन्डोनेसियामा फेरि शक्तिशाली भूकम्प, २ जनाको मृत्यु

भाद्र ४,काठमाडौँ । इन्डोनेसियाको पर्यटकीय द्वीप लोम्बोकमा आइतबार साँझ दुईवटा शक्तिशाली भूकम्प गएका छन् । भूकम्पमा २ जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । लोम्बोक केन्द्रबिन्द भएर गएको ७.० रेक्टर स्केलको भूकम्पले ४६० जनाको मृत्यु भएको दुर्इ सातापछि इन्डोनेसियामा पुनः शक्तिशाली भूकम्प गएको हो । अमेरिकी भौगर्भिक सर्भेका अनुसार आइतबार साँझको पहिलो भूकम्प ६।९ म्याग्नीच्यूडको छ भने अर्को परकम्प ६.३ र ५.४ म्याग्नीच्यूडका छन् । यी सबै भूकम्पहरु लोम्बोक द्वीपको उत्तरपूर्वमा केन्द्रित भएका छन् । भूकम्पका कारण लोम्बोकमा विद्युत सेवा अवरुद्ध हुनुका साथै ठाउँठाउँमा पहिरो गएको छ…

पुरा पढ्नुहाेस्