अलकायदाका वरिष्ठ नेता अबु मुसिन अल मस्री मारिए

कार्तिक १०, काठमाडौ । अफगानिस्तानको सुरक्षा कारबाहीमा अल कायदाका वरिष्ठ नेता अबु मुसिन अल मस्री मारिएका छन् । अफगानिस्तानको राष्ट्रिय सुरक्षा निर्देशनालयले शनिबार ट्वीट गर्दै सुरक्षा कारबाहीमा अल कायदा नेता मस्रीको मृत्यु भएको जनाएको हो । मस्री अमेरिकी गुप्तचर निकाय एफबीआईको मोस्ट वान्टेड व्यक्तिको सूचीमा रहेका थिए । मस्रीमाथि अमेरिकामा आतंकवादी क्रियाकलापमा संलग्न समूह र संगठनलाई सहयोग गरेको आरोप लाग्दै आएको थियो । घाज्नी प्रान्तमा अल कायदामाथि गरिएको विशेष कारबाहीमा मारिएको इजिप्टका नागरिक मस्री अल कायदाका दोस्रो उच्च नेता भएको बताइएको छ । हुसाम अब्दुल रौफका नामले समेत चिनिने उनीविरुद्ध…

पुरा पढ्नुहाेस्