उखु किसानले अझै पाएनन् ८ करोड भुक्तानी

पुस २०, काठमाडौं । वाणिज्य तथा आपूति मन्त्रालयले उद्योगीले उखु किसानहरुको अझै ८ करोड बढि भुक्तानी गर्न बाँकी रहेको जनाएको छ । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको आजको बैठकमा वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईले अझै उद्योगीले ८ करोड ७० लाख भुक्तानी गर्न बाँकी रहेको जानकारी दिएका हुन् । सरकारको निर्देशनपछि किसानलाई भुक्तानी दिने क्रम बढेको र किसानको बक्यौता भुक्तानीका लागि स्थानीय प्रशासनलाई गृहमन्त्रालयमार्फत निर्देशन दिइएको उनको भनाइ छ । अर्थमन्त्रालयका राजस्व सचिव कृष्णहरि पुस्करले उखु किसानको बक्यौता भुक्तानीको व्यवस्था मिलाउन मन्त्रालय लागिरहेको बताए । यस्तै कृषि विकास सचिव गोविन्दप्रसाद…

पुरा पढ्नुहाेस्

उखु किसानलाई सधैको सास्ती, अझै पाएनन् भुत्तानी

असोज २४, काठमाडौँ । उखु किसानहरूले अहिलेसम्म पनि भुक्तानी पाएका छैनन् । २०७१ सालदेखिकै करिब १३ करोड रुपैयाँ उद्योगीले अझै पनि किसानलाई दिएका छैनन् । बक्यौता रकम तुरुन्तै नदिए दसैंपछि आन्दोलन चर्काउने उखु किसान संघर्ष समितिका संरक्षक राकेश मिश्रले बताए । ‘हिन्दुको दसैं जस्तो ठूलो चाडपर्वमा पनि किसानलाई भुक्तानी दिइएको छैन,’ उनले भने । अन्नपूर्ण चिनी मिल सर्लाहीले किसानको ६ करोड तिर्न बाँकी छ । श्रीराम सुगर मिल रौतहटले तीन करोड भुक्तानी अझै गरेको छैन । इन्द्र सुगर मिल नवलपरासी र लुम्बिनी चिनी मिलले किसानको दुईरदुई करोड दिएका छैनन् ।…

पुरा पढ्नुहाेस्

उखु किसानलाई सधैको सास्ती

असोज ५, सर्लाही । सर्लाहीका उखु उत्पादक किसानले गत वर्ष बिक्री गरेको उखुको अनुदान रकम अझै पाउन सकेका छैनन् । सरकारले गत वर्ष उखुको मूल्य निर्धारण गर्दा उखु उत्पादक किसानलाई प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान दिने घोषणा गरेको थियो । उद्योगीबाट समयमै भुक्तानी नपाएर हैरान भएका जिल्लाका उखु उत्पादक किसानलाई सरकारले समेत अनुदान रकम भुक्तानीमा आलटाल गरिरहेको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले बताए । उनका अनुसार भुक्तानीको झन्झटले उखु उत्पादक किसान उखुखेतीबाट निरुत्साहित हुँदै अन्य खेतीतर्फ लागेका छन् । यता कोष तथा लेखा नियन्त्रण कार्यालय सर्लाहीका निमित्त…

पुरा पढ्नुहाेस्