शिक्षामन्त्री पौडेल र स्वीस राजदूत क्यापलरबीच शिष्टाचार भेट

फागुन ४, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र नेपालका लागि स्वीटजरल्याण्डका राजदूत एलिसावेथ भोन क्यापलरसँग शिष्टाचार भेटवार्ता भएको छ । नेपालको शिक्षा, गरिबी न्युनीकरण र ग्रामीण विकासका बारेमा मंगलबार सिंहदरबारमा कुराकानी भएको हो । भेटवार्तामा मन्त्री पौडेलले प्राविधिक शिक्षाको विस्तार, स्तरन्नोति र सवलीकरणको लागि सहयोग गर्न स्वीस सरकारलाई आग्रह गरे । देशका ७ सय ५३ स्थानीय तहमा प्राविधिक तथा बहुप्राविधिक शिक्षालय पु-याउने सरकारको योजना रहेको बताउँदै शिक्षामन्त्री पौडेलले स्वीस सरकारलाई थप सहयोग गर्न आग्रह गरेका शिक्षामन्त्रीको सचिवालयले जनाएको छ । स्वीस सरकारको सहयोगमा जिरी र बालाजुमा प्राविधिक…

पुरा पढ्नुहाेस्

तीनै तहको चुनावसम्म गठबन्धन कायमै रहन्छ : मन्त्री पौडेल

माघ २९, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तीन वटै तहको निर्वाचन सम्पन्न नहुन्जेलसम्म सत्तारुढ गठबन्धन कायमै रहने दाबी गरेका छन् । मन्त्री पौडेलले संघ, प्रदेश र स्थानीय तहको निर्वाचन सम्पन्न गर्नेगरी सत्तारुढ गठबन्धनले आफ्नो कार्यसूचीलाई अघि बढाएको पनि बताए । शनिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उनले स्थानीय तहको निर्वाचन सम्पन्न हुनेवित्तिकै सरकारले संघ र प्रदेशको निर्वाचनको मिति घोषणा गर्ने बताए । उनले गठबन्धनले एक वर्ष भित्रमा सबै चुनावहरू गर्ने कार्यसूची अघि बढाएको बताए । मन्त्री पौडेलले माओवादी केन्द्रले सत्तारुढ गठबन्धनलाई कायमै राखेर निर्वाचनमा जान चाहेको र गठबन्धन…

पुरा पढ्नुहाेस्

केएमसीमा शिक्षामन्त्री पौडेलको छड्के

पुस २२, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल बिहीबार काठमाडौं मेडिकल कलेज (केएमसी)को अनुगमन गर्न पुगेका छन् । भक्तपुरको दुवाकोटमा रहेको केएमसी कलेजको अनुगमनका लागि प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मासहित पुगेका शिक्षामन्त्रीले केएमसीको शुल्क विवादबारे जानकारी लिएका छन् । मन्त्री पौडेलले कलेजका प्रधानाध्यापक रविन्द्र श्रेष्ठलाई भेटी अतिरिक्त शुल्कका बारेमा जाँचबुझ गरेका थिए । काठमाडौं मेडिकल कलेजले अतिरिक्त शुल्क लिएको विरोधमा विद्यार्थीले बुधबारदेखि प्रदर्शन थालेका छन् । अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारीलगायतसँगै विद्यार्थी र अभिभावक प्रदर्शनरत छन्  । अतिरिक्त शुल्कको विरुद्धमा एक महिनादेखि सुरु भएको आन्दोलन अन्तर्गत विद्यार्थीले काठमाडौं मेडिकल…

पुरा पढ्नुहाेस्