मरिससविरुद्ध भिड्दै नेपाल

माघ १८, काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमले आज मंगलबार अफ्रिकी राष्ट्र मरिससविरुद्ध दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र मरिससबीचको खेल ४:४५ बजे सुरु हुनेछ । घरेलु टोली नेपाल मरिससविरुद्ध लगातार दोस्रो जितको खोजीमा छ । शनिबार भएको पहिलो मैत्रीपूर्णमा नेपालले मरिससलाई १-० गोल अन्तरले हराएको थियो । नेपालको जितमा विमल घर्तिमगरले निर्णायक गोल गरेका थिए । यता, मरिसस पनि दोस्रो खेलमा जित निकाल्न चाहन्छ । नेपाललाई हराएर मरिसस पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ । मरिससविरुद्धको दोस्रो खेलका लागि नेपाली टोलीमा दुई खेलाडी परिवर्तन…

पुरा पढ्नुहाेस्