शेयर बजारमा दोहोरो अङ्ककको गिरावट, नेप्से २३.८५ अङ्कले घटेर एक हजार नौ सय ३३.१३ विन्दुमा !

असार १३, काठमाण्डौ । आइतवार झन्डै ९५ अङ्कले बढेको शेयर बजार आज सोमवार भने दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ८५ अङ्कले घटेर एक हजार नौ सय ३३ दशमलव १३ विन्दुमा झरेको छ । आज जीवन बीमा र लगानी समूहबाहेक सबै समूहको शेयर घटेको छ । दुई सय २९ वटा कम्पनीको ५६ लाख ४१ हजार कित्ता शेयर दुई अर्ब चार करोड ४८ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नागरिक लगानी कोषको १५ करोड ६५ लाख रुपैयाँको शेयर किनबेच भयो । आज सबैभन्दा…

पुरा पढ्नुहाेस्