भागरथी हत्याका अभियुक्त भट्ट प्रहरीद्वारा सार्वजनिक

फागुन ५ काठमाडौँ । १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न आरोपी दिनेश भट्टलाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ । बैतडीको दोगडाकेदार गाउँपालिका ७ की भट्टको हत्यामा संलग्न रहेको अभियोगमा सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा पढ्ने दिनेश पक्राउ परेका हुन् । भागरथी पनि सोही विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन् । पत्रकार सम्मेलनमा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तम राज सुवेदीले प्राविधिक प्रमाण, प्रत्यक्षदर्शी साक्षी, साबिती बयान लगायतका आधारमा दिनेशलाई पक्राउ गरिएको बताए । १६ वर्षीय भट्टले आफ्नो अपराध र टाइमलाइनबारे प्रहरीलाई साबिती बयान दिएका छन् । उनले उनीविरुद्ध…

पुरा पढ्नुहाेस्

भागरथीको न्यायको माग गर्दै नेविसङ्घको विरोध प्रदर्शन

फागुन २ काठमाडौं । भागरथी भट्टको न्यायको माग गर्दै नेपाली काँग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले विरोध प्रदर्शन गरेको छ । नेविसङ्घ केन्द्रीय समितिले आज बैतडीकी १७ वर्षीय किशोरी भट्टको बलात्कारपछि हत्या गरिएको भन्दै हत्यारालाई पक्राउ गरी कारवाही गर्न माग गर्दै पद्यकन्या बहुमुखी क्याम्पस बागबजार अगाडि र्याली तथा कोणसभा गरेको हो । कोणसभामा नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले सरकारले भट्टको हत्यारालाई तत्काल पक्राउ गरी न्यायको कठघरामा उभ्याउनुपर्ने बताए । नेपाल महिला सङ्घकी महासचिव एवं पूर्वराष्ट्रियसभा सदस्य धना खतिवडाले देशमा महिलामाथि दिनानुदिन हुने बलात्कार र हत्याको दुःखद् घडीमा महिला जागरुक बनेर…

पुरा पढ्नुहाेस्

भागरथीको भेजाइनल स्वाब परीक्षणका लागि काठमाडौंँ पठाइयो

माघ २६ काठमाडौ । भागरथीको भेजाइनल स्वाब काठमाडौँ पठाइएको छ । दोगडकादार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरिएको आशङ्का गरिएकी उनको स्वाब परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको हो । घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको आशङ्का गरिएकाले स्वाब परीक्षणका लागि पठाइएको प्रहरीले जनाएको छ । स्वाब परीक्षणले थप अनुसन्धानका लागि सहज हुने प्रहरी प्रवक्ता जनक धाँमीले जानकारी दिए । उनले भने, “घटनास्थलबाट प्राप्त भएका सम्पूर्ण प्रमाण सुरक्षित राखेर थप अनुसन्धानको काम भइरहेको छ ।” डिएनए परीक्षणका लागि ‘भेजाइनल स्वाब’लगायतका नमूना सङ्कलन गरिएका हुन्…

पुरा पढ्नुहाेस्