कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको परीक्षा केन्द्र सार्वजनिक

असोज १७, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ । परीक्षा यही असोज ३० र ३१ गते सञ्चालन हुनेछ । कार्यालयले गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षामा नन ग्रेड ल्याएका विद्यार्थीको ग्रेडवृद्धि (पूरक) परीक्षाको लागि परीक्षा केन्द्र तोकेको हो । नतिजा अनुसार १ लाख ८८ हजार ४१० जना विद्यार्थीले नन ग्रेड ल्याएका मध्ये ग्रेड वृद्धि दिन पाउने (दुई विषयसम्म दिन पाउने) एक लाख ३० हजार ८७८ जनाले दिन पाउने कार्यालयले जनाएको छ । परीक्षामा नियमिततर्फ…

पुरा पढ्नुहाेस्

कक्षा १२ को परीक्षाको समय परिर्वतन

बैशाख ११, काठमाडौं । कक्षा १२ को परीक्षाको समय तालिका परिवर्तन गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । यसअघि प्रकाशित तालिका अनुसार बिहान ११ बजेदेखि दुई बजेसम्म हुने तय भएको थियो । विभिन्न सरोकारवालाको सुझाव अनुसार परीक्षाको समय हेरफेर गरेको बोर्डले सूचना निकालेर जनाएको छ । कक्षा १२ को परीक्षा आउँदो जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन हुँदैछ ।

पुरा पढ्नुहाेस्

राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै

चैत ४, पोखरा । राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्दै छ । कक्षा–१२ परीक्षा समयबारे छलफल गर्न बोर्डको बैठक बस्न लागेको हो । बोर्डले कक्षा–१२ को परीक्षा आगामी जेठ तेस्रो साता सञ्चालन गर्ने तयारी गरेको छ । बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले आगामी जेठ १८ गतेदेखि सञ्चालन गर्ने गरी छलफल भए पनि आधिकारिक निर्णय भने आज हुने बताए । आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनलाई मध्यनजर गरी परीक्षा समय तोक्ने बोर्डको योजना छ ।

पुरा पढ्नुहाेस्

कक्षा १२ को परीक्षा स्थानीय चुनावपछि हुने

फागुन २४, काठमाडौँ । कक्षा १२ को परीक्षा स्थानीय चुनावपछि मात्रै हुने भएको छ । बैशाख ३० का लागि चुनावको मिति घोषणा भएकाले त्यसपछि मात्रै कक्षा १२ को परीक्षा संचालन गर्ने तयारी गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षाको तालिका फागुनभित्र सार्वजनिक गर्ने बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्ने तयारी भएको अर्यालले बताए । यस वर्ष कक्षा १२ को परिक्षामा करिब चार लाख परक्षार्थी सहभागी हुँदैछन् । १२ को परीक्षा जेठमा गर्ने तयारीले कक्षा ११ को परीक्षालाई कुनै प्रभाव नपर्ने अर्यालले बताए…

पुरा पढ्नुहाेस्

कक्षा ११ को ग्रेड वृद्धिको परीक्षाफल प्रकाशित

पुस २३, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेड वृद्धि तथा आंशिकतर्फ परीक्षाफल प्रकाशित गरेको छ । असोज ११ देखि १८ गतेसम्म सञ्चालन भएको कक्षा ११ को ग्रेड वृद्धि तथा आंशिक परीक्षार्थीहरूको परीक्षाफल प्रकाशन भएको हो । परीक्षामा २४ हजार ७२४ जना विद्यार्थी सहभागी थिए । जसमा ग्रेड वृद्धितर्फ २१ हजार ८१६ र आंशिकतर्फ दुई हजार ९०८ जना विद्यार्थी लिए । बोर्डका अनुसार ७९.०६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यस्तै कक्षा १२ को ग्रेड वृद्धि माघ २ र ३ गते गर्ने भएको छ ।

पुरा पढ्नुहाेस्

१२ कक्षाको परीक्षा ३० भदौदेखि ‘होम सेन्टर’मै हुने

भदौ १७, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को स्थगित परीक्षा यही ३० भदौबाट सञ्चालन गर्ने भएको छ । बोर्डको बैठकले ३० भदौदेखि ८ असोजसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । यस वर्षको परीक्षा होम सेन्टरबाटै सञ्चालन गर्ने निर्णय गरेको बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए । स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय र कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रको सहमतिमा बोर्डले परीक्षा सञ्चालन गर्ने निर्णय गरेको जनाइएको छ । यसका लागि बोर्डले परीक्षा तालिका पनि सार्वजनिक गरेको छ । कोभिड-१९ को संक्रमणका कारण यसअघि कक्षा १२ को परीक्षा दुईपटक स्थगित…

पुरा पढ्नुहाेस्