लुम्बिनीका मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिँदै

वैशाख १९, काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मंगलबार विश्वासको मत लिँदै छन् । आज बिहान ११ बजे बस्ने प्रदेश सभाको बैठकबाट नवनियुक्त मुख्यमन्त्री चौधरीले विश्वासको मत लिन लागेका हुन् । वैशाख १४ गते ८ दल र एक स्वतन्त्र गरी ५३ प्रदेशसभा सदस्यको समर्थनमा नेपाली कांग्रेसका चौधरी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । चौधरी नेतृत्व सरकारमा माओवादी केन्द्रका धनबहादुर मास्की, नागरिक उन्मुक्ति पार्टीका धर्म चौधरी र जनता समाजवादीका सन्तोष पान्डे बिना विभागीय मन्त्री बनेका छन् ।

पुरा पढ्नुहाेस्

लुम्बिनीका मुख्यमन्त्री चौधरीले सोमबार विश्वासको मत लिने

वैशाख १६, काठमाण्डौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादर चौधरीले सोमबार विश्वासको मत लिने भएका छन् । शुक्रबार मन्त्रिपरिषद्को पहिलो बैठकले सोमबार वैशाख १८ गते मुख्यमन्त्री चौधरीले प्रदेशसभाबाट विश्वासको मत लिने निर्णय गरेको विनाविभागीय मन्त्री सन्तोष कुमार पाण्डेले जानकारी दिए । उनका अनुसार सरकारलाई चाँडै पूर्णता दिनका लागि चौधरीले मुख्यमन्त्री नियुक्त भएको चार दिनमै विश्वासको मत लिन लागेका हुन् ।

पुरा पढ्नुहाेस्

लुम्बिनीका मुख्यमन्त्री गिरीले आज पुनः विश्वासको मत लिँदै, सरकार ढल्ने निश्चित !

वैशाख ११, दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आज पुनः विश्वासको मत लिँदै छन् । नेकपा माओवादी केन्द्र लगायतका दलले गत १२ चैतमा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि एमालेका गिरीले विश्वासको मत लिन लागेका हुन् । सरकार बनेको १०३ दिनमा मुख्यमन्त्री गिरी नेतृत्वको लुम्बिनी प्रदेश सरकार ढल्ने निश्चित जस्तै छ। सत्ता साझेदार दलहरुले समर्थन फिर्ता लिएपछि सरकार बनेको ७४ दिनमै अल्पमतमा परेको थियो । लुम्बिनीमा कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग गर्दै विभिन्न ८ दलका ५३ सांसदले प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाइसकेका छन्। एमालेले भने विश्वासको मत नपाएमा ठूलो दलका…

पुरा पढ्नुहाेस्

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

साउन २७, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । प्रदेश सभामा आफूविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशन सुरू हुनु अगावै उनले राजीनामा दिएका हुन् । पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाउन जाँदै गरेको एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले बताए । प्रदेशसभामा मुख्यमन्त्री पोखरेल स्पष्ट अल्पमतमा छन् ।      

पुरा पढ्नुहाेस्

लुम्बिनीका मुख्यमन्त्री पोखरेलले बहुमत गुमाए, तत्काल राजिनामा दिन विपक्षीको माग

असार १८,बुटवल । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले बहुमत गुमाएका छन् । जनता समाजवादी पार्टीबाट राज्यमन्त्री बनेकी सुमन शर्मा रायमाझीले शुक्रबार पदबाट राजीनामा दिएसँगै सरकार अल्पमतमा परेको हो । लुम्बिनी प्रदेशसभामा हाल कायम ८३ सांसदमध्ये सत्तारुढ एमालेका ३८ जना छन् । जसपाका ४ जना सांसद सरकारमा हुँदा सरकारको पक्षमा बहुमत थियो । तर राज्यमन्त्री रायमाझीको राजीनामासँगै सरकारको पक्षमा ४१ जना सांसद मात्र हुन पुगेका छन् । सरकारलाई बहुमत पुग्न कम्तीमा ४२ सांसद चाहिन्छ । लुम्बिनी प्रदेशसभामा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका सभामुखसहित १९, जनता समाजवादी पार्टीका ३ जना र…

पुरा पढ्नुहाेस्

लुम्बिनीका प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध फेरि अविश्वास प्रस्ताव दर्ता !

बैशाख २६, काठमाण्डौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध विपक्षी सांसदहरूले आइतवार पुनः अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । यसअघि वैशाख ६ गते दर्ता गरिएको अविश्वासको प्रस्तावमाथि प्रदेशसभाले वैशाख १९ गते छलफलको सूची तय गरेको थियो । तर सोही दिन पदबाट राजीनामा दिएपछि केही घण्टाका लागि कामचलाउ मुख्यमन्त्री बनेका पोखरेलको सरकारले छलफलबिनै संसद्को बैठक अन्त्य गरेको थियो ।

पुरा पढ्नुहाेस्