लुम्बिनी एक्स्पो मङ्सिर ५ गतेदेखि

कात्तक ३०, काठमाडौं । रूपन्देही व्यापार सङ्घको आयोजनामा आगामी मङ्सिर ५ देखि १८ गतेसम्म आयोजना गरिएको लुम्बिनी एक्स्पो, अन्तरराष्ट्रिय व्यापार मेलाको तयारी तीव्र पारिएको छ । सङ्घका अध्यक्ष पदमप्रसाद श्रेष्ठका अनुसार ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार’ नाराका साथ हुने मेलामा करीब ६ सय स्टल रहनेछन् । मेलाको ८ लाखभन्दा बढी दर्शकको सहभागिता तथा ५० करोड रुपैयाँबराबरको कारोबार हुने अपेक्षा आयोजककोे छ । मेला स्थल बुटवलमण्डपमा स्टल निर्माण, स्टल दर्ता, प्रचारप्रसारलगायत तयारीका काम आरम्भ गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । प्रदेश–५ को राजधानी बुटवलमा पुनः आयोजना गर्न लागिएको…

पुरा पढ्नुहाेस्