बन्दको मार विदयार्थीमा, छैन शिक्षामा सुरक्षाको प्रत्याभूति

कात्तिक ३०, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले गरेको बन्दले देशभरको विद्यालय प्रभावित भएको छ । इन्धनको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै नेकपाले गरेको बन्दका कारण काठमाडौं उपत्यकासहित मुख्य शहरी क्षेत्र पोखरा, धरान, विराटनगर लगायतका अधिकांश निजी तथा सामुदायिक विद्यालयमा आज पठनपाठन हुन सकेको छैन । निजी विद्यालय सन्चालकहरुले जोखिम उठाउन नसक्ने भएकाले अधिकांश विद्यालय बन्द गरिएको बताएका छन् । निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (प्याब्सन) का अध्यक्ष टिका पुरी बन्दको आह्वान भएपछि शान्ती सुरक्षाको प्रत्याभूति नभएकाले अधिकांश बन्द भएको बताए । उनले भने ‘विद्यार्थीको ज्यानको, विद्यालयको, सवारी साधनको…

पुरा पढ्नुहाेस्