विद्यालयमा पानीको हाहाकार

फागुन १५, काठमाडौं । पाँच मिनेटको दूरीमा पानी बगिरहेको हुन्छ, तर नजिकै रहेको विद्यालय काकाकूल छ । शौचालय जानेसमेत पानी पाइँदैन । विद्यालयसम्म खानेपानीसमेत पुगेको छैन । यस्तै दुर्दशा भोग्दै ५१औँ वर्ष पार गरेको एउटा विद्यालय हो, दाङ शान्तिनगर गाउँपालिका–३ केराघारीस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय । सो विद्यालय विसं २०१७ मा स्थापाना भएको थियो । तत्कालीन जनयुद्धका समयमा तत्कालीन नेकपा ९माओवादी० का वरिष्ठ नेता मोहन वैद्यलेसमेत सो विद्यालयमा अध्यापन गराएका थिए । तर त्यहाँ अहिलेसम्म खानेपानीको सुविधा पुग्न सकेको छैन । नजिकै खोला बगिरहेको छ, तर त्यो पानी शौच गर्नका…

पुरा पढ्नुहाेस्

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमः ४,१५७ विद्यालय छनोटमा

फागुन ३, काठमाडौँ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा देशभरका चार हजार १५७ सामुदायिक विद्यालय छनोटमा परेका छन् । सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको मन्त्रिस्तरीय बैठकले देशभरका चार हजार १ सय ५७ विद्यालय छनोट गरेको हो । जसमध्ये ४ कोठे भवन ९७६, दुई कोठे भवन ९६६, आइसीटी ल्याब व्यवस्थापन दुई हजार १०६, प्राविधिक ल्याब ८८ र नयाँ प्राविधिक विद्यालय स्थापना २१ निर्माण गरिने भएको छ । शिक्षामन्त्री पौडेलका अनुसार ४ कोठे भवन निर्माणका लागि प्रतिविद्यालय ३६ लाख, दुई कोठे भवन निर्माणका लागि १८ लाख, आइसीटी ल्याब…

पुरा पढ्नुहाेस्

चिसोले विद्यालय बन्द

पुस १९, वीरगञ्ज । शीतलहर सुरु भएपछि पर्साको जिराभवानी गाउँपालिकाले शैक्षिक संंस्था बन्द गर्ने भएको छ । गाउँपालिकाले आइतबार सूचना जारी गरी यही पुस २४ गतेसम्म संस्थागत तथा सामुदायिक विद्यालयमा पठनपाठन बन्द हुने जनाएको छ । यसैबीच, वीरगञ्ज महानगरपालिकाले ज्येष्ठ नागरिकलाई न्यानो कपडालगायतका सामग्री उपलब्ध गराएको छ । महानगरपालिकाले जनकल्याणकारी योजनाअन्तर्गत ३२ वटै वडामा रहेका ज्येष्ठ नागरिकलाई कम्बल, झुल, छाता र टर्चलगायतका सामान वितरण गरेको हो । ती सामग्रीले केही भए पनि ज्येष्ठ नागरिकलाई राहत मिल्ने नगरप्रमुख विजयकुमार सरावगीले जानकारी दिए । प्रति ज्येष्ठ नागरिकलाई करिब छ हजार रुपैयाँ बराबरको…

पुरा पढ्नुहाेस्

बन्दको मार विदयार्थीमा, छैन शिक्षामा सुरक्षाको प्रत्याभूति

कात्तिक ३०, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले गरेको बन्दले देशभरको विद्यालय प्रभावित भएको छ । इन्धनको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै नेकपाले गरेको बन्दका कारण काठमाडौं उपत्यकासहित मुख्य शहरी क्षेत्र पोखरा, धरान, विराटनगर लगायतका अधिकांश निजी तथा सामुदायिक विद्यालयमा आज पठनपाठन हुन सकेको छैन । निजी विद्यालय सन्चालकहरुले जोखिम उठाउन नसक्ने भएकाले अधिकांश विद्यालय बन्द गरिएको बताएका छन् । निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (प्याब्सन) का अध्यक्ष टिका पुरी बन्दको आह्वान भएपछि शान्ती सुरक्षाको प्रत्याभूति नभएकाले अधिकांश बन्द भएको बताए । उनले भने ‘विद्यार्थीको ज्यानको, विद्यालयको, सवारी साधनको…

पुरा पढ्नुहाेस्