शताब्दी पुरुष जोशीको ‘राष्ट्रिय सम्मान’का साथ अन्तिम विदाई

आश्विन ३०,काठमाडौँ । शताब्दी पुरुष सत्यमोहन जोशीलाई ‘राष्ट्रिय सम्मान’का साथ विदाई गरिएको छ । आइतबार बिहान १०३ वर्षको उमेरमा उपचारका क्रममा निधन भएका जोशीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिकाको कार्यालयमा राखिएको थियो । मृत्युपश्चात जीवनदान गरेका जोशीलाई आइतबार अपराह्न ललितपुर महानगरपालिका परिसरमै राष्ट्रिय सम्मान स्वरुप नेपाल प्रहरीको एक टुकडीले सलामी चढाएको थियो । शोक सलामीपछि जोशीको पार्थिव शरीर ललितपुरस्थित किष्ट अस्पताललाई हस्तान्तरण गरिएको छ ।

पुरा पढ्नुहाेस्

शताब्दी पुरुष सत्यमोहन जोशीको शव नजलाइने !

आश्विन ३०,काठमाडौँ । आइतबार बिहान निधन भएका शताब्दी पुरुष सत्यमोहन जोशीको अन्तिम संस्कार नहुने भएको छ । उनको पूरै शरीर दान गरिएकाले अन्तिम संस्कार नहुने बरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदनले बताए । उनको शरीर नगल्ने केमिकल प्रयोग गरेर किष्ट मेडिकल कलेजमै राखिने अस्पतालका प्रोफेसर डाक्टर किशोर सिंह बस्नेतले जानकारी दिए । जोशीले यसअघि आफ्नो शरीर दान गर्ने घोषणा गरेका थिए । किष्ट मेडिकल कलेजले जोशीको निःशुल्क उपचार गर्दै आएको थियो । अन्तिम संस्कार नभए पनि उनको शवलाई अन्तिम श्रद्धाञ्जली भने सर्वसाधारणले दिन पाउने छन् । तर श्रद्धाञ्जलीका लागि कुन स्थानमा…

पुरा पढ्नुहाेस्

शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक

आश्विन २८,काठमाडौँ । बिरामी भएर अस्पताल भर्ना भएका वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको अस्पतालले जानकारी दिएको छ । जोशीको अवस्था चिन्ताजनक रहेको किस्ट अस्पतालले आज शुक्रवार बुलेटिन निकालेर जानकारी दिएको हो । २२ दिनदेखि उपचाररत उनलाई हिजो बिहीवार आईसीयूमा सारेर उपचार थालिएको थियो । तर औषधिले शरीरमा राम्रो काम नगरेको अस्पतालले निकालेको विज्ञप्तिमा उल्लेख छ । जोशीलाई लामो समयदेखि निमोनिया सङ्क्रमणका साथै मुटुको चालसम्बन्धी समस्या छ । साथै उनलाई डेङ्गी पनि भएको थियो ।

पुरा पढ्नुहाेस्