हैटीका प्रधानमन्त्री एरियल हेनरीले राजीनामा दिने

फागुन २९,काठमाडौँ । हैटीका प्रधानमन्त्री एरियल हेनरीले देशमा बढ्दो दबाब र हिंसापछि राजीनामा दिन सहमत हुनुभएको छ । हैटीमा राजनीतिक सङ्क्रमणबारे छलफल गर्न जमैकामा क्षेत्रीय नेताहरूले भेटघाट गरेपछि प्रधानमन्त्री हेनरी राजीनामा दिन सहमत भएको बीबीसीले जनाएको छ । सशस्त्र समूहले स्वदेश फर्किनबाट रोकेपछि प्रधानमन्त्री हेनरी अहिले पुर्तो रिकोमा छन् । आफ्नो राजीनामाको घोषणा गर्दै उनले एक भिडियो सम्बोधनमा हैटीवासीलाई शान्त रहन आग्रह गरेका छन् । उनले सत्ता हस्तान्तरणका लागि एक अन्तरिम परिषद्को स्थापनापछि आफू नेतृत्व सरकारले तुरुन्त राजीनामा दिने बताएको खबरमा उल्लेख छ । पूर्वराष्ट्रपति जोभेनेल मोइसेको हत्यापछि सन् २०२१…

पुरा पढ्नुहाेस्