भारतमा दोस्रो चरणको मतदान आज हुँदै

बैशाख १४,काठमाडौँ । भारतमा सङ्घीय संसदको तल्लो सदन लोकसभा चुनाव अन्तर्गत दोस्रो चरणको मतदान आज हुँदैछ । आज १२ राज्य र केन्द्रशासित एक प्रदेशका गरी कुल ८८ सिटका लागि मतदान शुरु भएको छ । यसका लागि एक हजार दुई सय १० उम्मेदवार प्रतिस्पर्धामा छन् । अघिल्लो चुनावमा बीजेपीले ५५ र कांग्रेसले १८ सिट जितेका थिए । कांग्रेस नेता राहुल गान्धी लगातार दोस्रो कार्यकालका लागि निर्वाचित हुन प्रतिष्पर्धा गरिरहेको केरलाको वायनाड निर्वाचन क्षेत्रमा पनि आजै मतदान हुने बीबीसी हिन्दीले जनाएको छ । केरलाका सबै २० सिटका लागि आज मतदान हुनेछ ।…

पुरा पढ्नुहाेस्

विश्वभर २८ करोड २० लाख मानिसमा भोकमरी, सुडानमा खाद्य सुरक्षाको अवस्था बिग्रँदै

बैशख १४, काठमाडौँ । विश्वभर २८ करोड २० लाख मानिस भोकमरीमा परेको रिपोर्ट सार्वजनिक भएको छ । संयुक्त राष्ट्रसंघले निकालेको ‘ग्लोबल रिपोर्ट अन फुड क्राइसिस’का अनुसार सन् २०२३ मा संसारभर यति मानिसले भोकमरीको सामना गर्नु परेको जनाइएको हो । ‘ग्लोबल रिपोर्ट अन फुड क्राइसिस’का अनुसार २०२२ मा २।४ करोडभन्दा बढी मानिसहरूले खाद्यान्नको तीव्र अभावको सामना गर्नुपरेको पनि जनाइएको छ । जसका कारण गाजा पट्टी र सुडानमा खाद्य सुरक्षाको अवस्था बिग्रँदै गएको छ । राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनका प्रमुख अर्थशास्त्री म्याक्सिमो टोरेरोले अन्तर्राष्ट्रिय विज्ञहरूले भोकमरीको मापन तय गरेकोमा पाँच देशका…

पुरा पढ्नुहाेस्

रूस-युक्रेन युद्ध: विस्थापित बालबालिकाको आदानप्रदान गर्ने सहमति

बैशाख १३,काठमाडौँ । रूस र युक्रेन कतारको मध्यस्थतामा युक्रेन युद्धबाट विस्थापित भएका बालबालिकालाई आदानप्रदान गर्न सहमत भएका छन् । पहिलो पटक ‘प्रत्यक्ष वार्ता’ को ढाँचामा युक्रेनी पक्षसँग वार्ता गरेर युद्धका क्रममा विस्थापित बनेका ५० जना बालबालिकामध्ये केहीलाई युक्रेन र केही बालबालिकालाई रूस लाने सहमति भएको मस्कोले जनाएको छ । यसअघि मस्कोले युक्रेनी बालबालिकालाई रूसी भूमिमा जबर्जस्ती प्रवेश गराएको आरोप लागेको थियो । सन् २०२२ मा आक्रमण शुरु भएयता रूसले आफ्ना १९ हजारभन्दा धेरै बालबालिकालाई गैरकानुनी रूपमा लगेको र त्यसमध्ये ४ सयभन्दा कमलाई मात्र फिर्ता गरेको युक्रेनले जनाएको अन्तर्राष्ट्रिय समाचार संस्था…

पुरा पढ्नुहाेस्

गाजामा बन्धक बनाइएका एक इजरायली–अमेरिकी व्यक्तिको नयाँ भिडियो सार्वजनिक

बैशाख १३,काठमाडौँ । प्यालेस्टिनी लडाकू समूह हमासले बुधबार गाजामा बन्धक बनाइएका एक इजरायली–अमेरिकी व्यक्तिको नयाँ भिडियो सार्वजनिक गरेको छ । भिडियो गत अक्टोबर ७ मा हमासले गरेको आक्रमणका क्रममा दक्षिणी इजरायलको नोभा म्युजिक फेस्टिभलबाट अपहरणमा परेका हर्श गोल्डबर्ग–पोलिनको भएको इजरायली सञ्चारमाध्यमले बताएका छन् । भिडियोमा बोल्ने व्यक्तिले भनेका छन्,’त्यो दिन म आफ्ना साथीहरूसँग टहलिन कार्यक्रमस्थलमा गएको थिएँ । कार्यक्रमस्थलमा एक्कासी आक्रमण भयो । म होसमा आउँदा मैले मेरो शरीरभरि गम्भीर चोट लागेको थाहा पाएँ भने आफुलाई चोटका कारण जीवन र मरणको दोसाँधमा सङ्घर्ष गरिरहेको भेटेँ । यद्यपि भिडियोको प्रामाणिकता र…

पुरा पढ्नुहाेस्

अभ्यासका क्रममा दुई सैन्य हेलिकप्टर ठोक्किँए, १० जनाको मृत्यु

बैशाख ११, काठमाडौँ । मलेसियामा दुई सैनिक हेलिकप्टर एक आपसमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ । ९०औं सैनिक दिवस मनाउन अभ्यासरत दुई सैन्य विमान ठोक्किँएको मलेसियाका सञ्चारमाध्यमले जनाएका छन् । रोयल मलेसियन नेभी परेडका क्रममा एउटा हेलिकप्टर अर्को हेलिकप्टरको पङ्खामा ठोक्किएपछि दुवै हेलिकप्टर जमिनमा खसेका थिए । एउटा हेलिकप्टरमा सात जना र अर्कोमा तीन जना सवार थिए। हेलिकप्टरमा सवार दश जनाकै ज्यान गएको रक्षा मन्त्रालयले जनाएको छ ।

पुरा पढ्नुहाेस्

गाजामा ज्यान गुमाउने प्यालेस्टिनीको सङ्ख्या ३४ हजार नाघ्यो

बैशाख ११, काठमाण्डौँ । गाजापट्टीमा जारी इजरायलको आक्रमणमा परी मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ३४ हजार नाघेको छ ।गाजामा ज्यान गुमाउनेको संख्या ३४ हजार १५१ पुगेको हमासशासित प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । ‘इजरायली सेनाको आक्रमणमा पछिल्लो २४ घण्टामा ५४ जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै १०४ जना घाइते भएका छन्’, मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ । भारी बमबारी र उद्धारकर्मीको अभावका बीच केही पीडितहरू भग्नावशेषमुनि रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । इजरायलले सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायली सीमामा भएको हमासको आक्रमणको बदला लिन गाजापट्टीमा हमासविरुद्ध ठूलो मात्रामा आक्रमण…

पुरा पढ्नुहाेस्

कतारका अमिर पहिलो पटक मंगलबार नेपाल भ्रमणमा आउँदै

बैशाख ९, काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आउँदो मंगलबार पहिलो पटक नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आउने भएका छन् । अमिरको यो भ्रमणले कतार र नेपालबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीले बताए । कतारी अमिर एसियाली मुलुकको औपचारिक भ्रमणमा आइतबार निस्कने तथा त्यस क्रममा उनले फिलिपिन्स, बंगलादेश र नेपालको भ्रमण गर्ने राजदूत अल अन्सारीले बताएका छन् । राजदूत अल अन्सारीका अनुसार अमिर अल थानीले तीन वटै…

पुरा पढ्नुहाेस्

गाजामा मृत्यु हुने प्यालेस्टाइनीको संख्या ३४ हजार नाघ्यो

बैशाख ९, काठमाडौँ । गाजापट्टीको स्वास्थ्य मन्त्रालयले जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या ३४ हजार नाघेको जनाएको छ । मन्त्रालयले एक विज्ञप्तिमा इजरायली सेनाले गत २४ घण्टामा ४२ प्यालेस्टाइनीहरूलाई मारेको र अन्य ६३ जना घाइते भएको बताएको छ । जसबाट इजरायल–हमास द्वन्द्व सुरु भएदेखि कुल मृत्युको संख्या ३४ हजार १२ पुगेको छ । साथै ७६ हजार ८३३ घाइते भएका छन् । केही पीडितहरू भग्नावशेषमुनि रहेको उल्लेख गरिएको छ ।

पुरा पढ्नुहाेस्

पाकिस्तानमा भारी वर्षाका कारण ८७ जनाको मृत्यु, ८० बढी घाइते

बैशाख ८, काठमाडौँ । गत हप्तादेखिको भारी वर्षाले पाकिस्तानका केही भागहरूमा विनाश जारी राख्दा कम्तीमा ८७ जनाको मृत्यु भएको छ । साथै अन्य ८० जना घाइते भएको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले जनाएको छ । वर्षाले देशभर २ हजार ७१५ घरमा आंशिक वा पूर्ण क्षति पुगेको एनडीएमएले जनाएको छ । संरचना भत्किएको, चट्याङ परेर र बाढीका घटनामा अधिकांशको ज्यान गएको छ । अधिकांश क्षति र निधन देशको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको छ । जहाँ ३६ जनाको ज्यान गएको छ र ५३ जना घाइते भएका छन् । यस अवधिमा पाकिस्तान नियन्त्रित…

पुरा पढ्नुहाेस्

भारतमा लोकसभा चुनावको पहिलो चरणको मतदान शुरु

बैशाख ७,काठमाडौँ । भारतमा लोकसभा चुनावको पहिलो चरणको मतदान शुरु भएको छ । लोकसभाको ५ सय ४३ सिटका लागि डेढ महिना लगाएर सात चरणमा चुनाव हुनेछ । विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक अभ्यास मानिने भारतीय चुनावमा २५ सय भन्दा धेरै राजनीतिक दल सहभागी हुँदैछन् । भारतीय जनता पार्टी (भाजपा), भारतीय राष्ट्रिय कांग्रेस, आम आदमी पार्टी, द्रविड मुनेत्र कझगम (डीएमके), अखिल भारतीय तृणमूल कांग्रेस (टीएमसी) लगायत मुख्य दलहरुबीच नै प्रतिस्पर्धा हुने अनुमान छ । पहिलो चरणमा २१ राज्यका एक सय २ सिटमा मतदान हुन लागेको हो । पहिलो चरणमा तमिलनाडु, उत्तराखण्ड, अरुणाचल,…

पुरा पढ्नुहाेस्