रौतहटको राजदेवीमा एकीकृत समाजवादीका भिखारी यादव विजयी

जेठ ४, रौतहट । रौतहटको राजदेवी नगरपालिकाको प्रमुखमा नेकपा एकीकृत समाजवादीका भिखारी प्रशाद यादव निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका निवर्तमान नगरप्रमुख धिरेन्द्र सिंहलाई दोब्बर मतले हराएका छन् ।

एकीकृत समाजवादीका उम्मेदवार यादवले ७ हजार ५२ मत प्राप्त गरेर विजयी भएका हुन् । सिंहले ३ हजार ७०७ मत प्राप्त गरे ।

उपप्रमुखमा पनि नेकपा एकीकृत समाजवादीकै राजकुमारी देवी विजयी भइन् । राजकुमारीले ५ हजार ८४२ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी अर्चनाकुमारी यादवले ३ हजार १४९ मत प्राप्त गरिन् ।

उक्त नगरपालिकाको ९ वडामध्ये १ र ९ मा कांग्रेस तथा बाँकी सात वडामा एकीकृत समाजवादीका उम्मेदवार वडाध्यक्षमा विजयी भएका छन् ।

 

संम्बन्धित समचार

Leave a Reply