पोखरा महानगरको प्रमुखमा धनराज आचार्य निर्वाचित

जेठ ११, काठमाडौँ । कास्कीको पोखरा महानगरपालिकाको प्रमुखमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य निर्वाचित भएका छन् । आचार्य ६ हजार ४५ मतान्तरले जित्दै प्रमुखमा निर्वाचित भएका हुन् । उनले ५८ हजार ८ सय ९३ मत प्राप्त गरे । नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले ५२ हजार ८ सय ४८ मत प्राप्त गरे प्रमुखमै राप्रपाका शंकर खरालले ५ हजार ६ सय ७४ र स्वतन्त्र उम्मेदवार गनेस पौडेलले ३ हजार ३० मत ल्याए । उपप्रमुखमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङले ३ हजार ८ सय ८३ मतान्तरले विजयी भएकी छन् । गुरुङले ६०…

पुरा पढ्नुहाेस्

रौतहटको राजदेवीमा एकीकृत समाजवादीका भिखारी यादव विजयी

जेठ ४, रौतहट । रौतहटको राजदेवी नगरपालिकाको प्रमुखमा नेकपा एकीकृत समाजवादीका भिखारी प्रशाद यादव निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका निवर्तमान नगरप्रमुख धिरेन्द्र सिंहलाई दोब्बर मतले हराएका छन् । एकीकृत समाजवादीका उम्मेदवार यादवले ७ हजार ५२ मत प्राप्त गरेर विजयी भएका हुन् । सिंहले ३ हजार ७०७ मत प्राप्त गरे । उपप्रमुखमा पनि नेकपा एकीकृत समाजवादीकै राजकुमारी देवी विजयी भइन् । राजकुमारीले ५ हजार ८४२ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी अर्चनाकुमारी यादवले ३ हजार १४९ मत प्राप्त गरिन् । उक्त नगरपालिकाको ९ वडामध्ये १ र ९…

पुरा पढ्नुहाेस्

पोखरामा एकीकृत समाजवादीका धनराजको अग्रता कायमै

जेठ १, गण्डकी । पोखरा महानगरपालिकामा नेकपा एकीकृत समाजवादीले अग्रता कायम राखेको छ । १ हजार ६०० मत गणना हुँदा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका प्रमुख पदका उम्मेदवार धनराज आचार्यले ६१३ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले ५८३ मत प्राप्त गरेका छन् । राप्रपाका शंकर खरालले ९८ र गनेस पौडेलले ३६ मत पाएका छन् । यस्तै उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कोपिला रानाभाटले ७१६ मत प्राप्त गरेकी छिन् । एमालेकी उम्मेदवार मञ्जु गुरुङले ५८३ मत पाएकी छन् । राप्रपाकी उम्मेदवार रञ्जिता सेनको पक्षमा ८२ मत परेको छ ।

पुरा पढ्नुहाेस्

एकीकृत समाजवादीले टुंग्यायो महानगर र उपमहानगरका उम्मेद्‍वार

बैशाख १२, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले महानगरपालिका र उपमहानगरपालिकामा उम्मेद्‍वार टुंग्याएको छ । पोखरा महानगरपालिका मेयरमा धनराज आचार्य उम्मेदवार बन्‍ने भएका छन् । पोखरामा मेयर उम्मेदवारको भागवण्डा पाएको एकीकृत समाजवादी केन्द्रीय सचिवालयको आज बिहानको बैठकले आचार्यलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो । समाजवादीले हेटौडा उपमहानगर मेयरमा मीना लामा उम्मेदवार बनाउने भएको छ । महासचिव बेदुराम भुसालका अनुसार काठमाडौं महानगर र तीन वटा उपमहानगरपलिकामा पनि उपमेयर उम्मेदवारको टुंगो लागेको छ । एकीकृत समाजवादीले काठमाडौं महानगर रामेश्वर श्रेष्ठलाई उपमेयरको टिकट दिएको छ । इटहरी उपमेयरमा केशवकुमार विष्ट, बुटवल उपमेयरमा चिनबहादुर…

पुरा पढ्नुहाेस्

एकीकृत समाजवादीले दुई उपमहानगरमा उम्मेदवार टुंग्यायो

बैशाख १०, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले लुम्बिनीका दुई उपमहानगरमा उपप्रमुखको उम्मेदवार टुंगो लगाएको छ । बुटवल उपमहानगरमा चीनबहादुर गुरुङ र तुलसीपुर उपमहानगरमा जोगबहादुर रानालाई सिफारिस गरेको नेकपा एकीकृत समाजवादी लुम्बिनीका अध्यक्ष मेटमणि चौधरीले जानकारी दिए । बुटवलको उपमेयरमा सिफारिस गुरुङ पार्टीका प्रदेश सदस्य तथा बुटवल नगर अध्यक्ष हुन् । २०७४ सालको निर्वाचनमा गुरुङ बुटवल–३ मा वडा सदस्य निर्वाचित भएका थिए । त्यस्तै तुलसीपुरको उपमेयरमा सिफारिस राना नेकपा एसको केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज छन् । लुम्बिनीका चार उपमहानगरमध्ये ५ दलीय गठबन्धनमा भागबण्डा गर्दा एकीकृत समाजवादीले बुटवल र तुल्सीपुरमा उपमेयर…

पुरा पढ्नुहाेस्

‘एमाले अब ‘बी’ माले भयो, एकीकृत समाजवादी मूलधारको पार्टी हो’

चैत ५, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले अब एमाले नरहेको टिप्पणी गरेको छन् । शनिबार गोरखामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले एमाले पनि अब एमाले नरहेको बताए । अध्यक्ष नेपालले आफूले विद्रोह गरेर निर्माण गरेको पार्टी ०७५ जेठ २ को नेकपाको निरन्तरता भएको दाबी गर्दै भने, ‘मूलधारको पार्टी हाम्रो हो । त्यो कुरा जनताले बुझिसकेका छन् । हामीले विद्रोह गरेर निर्माण गरेको पार्टी नेकपाको निरन्तरता हो । नेकपा एमाले अब एमाले रहेन । बी माले, सीमाले भन्नुस्। अब सूर्यमा ग्रहण लागिसक्यो ।‘ नेपालले एमालेबाट विद्रोह…

पुरा पढ्नुहाेस्

एकीकृत समाजवादीले एमसिसीको विपक्षमा मतदान गर्ने

फागुन ९, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले अमेरिकी सहयोग परियोजना एमसिसीको विपक्षमा उभिने निर्णय गरेको छ । सोमबार बसेको सचिवालय बैठकले एमसिसीविरुद्ध वातावरण बनाउने निर्णय गरेको हो । बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले भने, ‘एमसिसीमा हाम्रो अडान यथावत् छ । हिजो सरकारले संसदमा पेश गरेको एमसिसीको विपक्षमा मतदान गर्ने र वातावरण तय गर्न पहल गर्ने निर्णय गरेका छौँ ।’ एमसिसी पास गर्ने शर्तमा सरकारमा नगएको उनले प्रष्ट पारे । प्रवक्ता खतिवडाले भने, ‘सरकारभन्दा देश ठुलो हो । हामी राष्ट्रियताको पक्षमा उभिन्छौँ । सरकारमा बस्ने र बाहिर जाने कुरा परिस्थितीले तय…

पुरा पढ्नुहाेस्

एमसीसी टेबल गर्ने निर्णयमा झलनाथ खनालको असहमति

फागुन ८, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आजको संसद् बैठकमा एमसिसी टेबल गर्ने शीर्ष नेताहरूको निर्णयप्रति असहमति जनाएका छन् छन् । उनले संसदमा एमसिसी टेबल गर्ने राष्ट्रघाती कदम भएको बताए । एमसीसी संसदमा टेबल गर्ने गठबन्धनको सहमती पछि प्रतिक्रिया दिँदै खनालले भने ‘कहाँ टेबल गर्छन् अरे, उनीहरूको भान्छा घरमा? संसद् त चल्दैन कहाँबाट टेबल हुन्छ?, ‘हाम्रो पार्टीको निर्णय त्यस्तो छैन ।’ खनालले पार्टी अध्यक्ष माधवकुमार नेपालले जनतामाथि घात गरेको आरोपसमेत लगाए । आफ्नो पार्टीको निर्णय पनि यथास्थितिमा संसद टेबल गर्न नहुने भएकाले त्यस्तो खालको सहमतिलाई आफूहरुले…

पुरा पढ्नुहाेस्

संसदको अवरोध हटे एकीकृत समाजवादीले एमसीसी टेबल गर्न दिने

फागुन ७, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले अमेरिकी सहायता परियोजना एमसीसी सम्झौतालाई संसद्मा टेबल गर्न दिने भएको छ । नयाँबानेश्वरस्थित एक होटलमा बसेको स्थायी कमिटी बैठकले सहमति जुटेमा एमसीसी पेस गर्न दिने निर्णय गरेको प्रवक्ता जगनाथ खतिवडाले जानकारी दिए । प्रवक्ता खतिवडाले यसका निम्ती नेकपा एमालेले गरिरहेको संसद गतिरोध भने हट्नुपर्ने एकीकृत समाजवादीको सर्त रहेको बताए । उनले भने, ‘संसद अवरोध हटेर एमसीसीबारे छलफल हुने वातावरण बन्नुपर्ने बैठकको निर्णय रहेको छ ।’ बैठकले एसमीसीबारे थप निर्णय लिने अधिकार सचिवालयलाई दिइएको छ । यस्तै, यथास्थितिमा एमसीसीलाई पारित गर्न नसकिने पनि…

पुरा पढ्नुहाेस्

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

फागुन ७, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक आज (शनिबार) बस्दै छ । आजको बैठकले अमेरिकी सहयोग परियोजना एमसीसीबारे पार्टीको धारणा बनाउने बताइएको छ । यस्तै आजको स्थायी कमिटीको बैठकमा समसामयिक राष्ट्रिय राजनीति, चुनावको तयारी, पार्टीको आन्तरिक गतिविधि लगायतका विषयमा बैठकमा छलफल हुने पार्टीका महासचिव डा. वेदुराम भुसालले बताए । एकीकृत समाजवादीले एमसीसी जस्ताकोतस्तै संसदबाट पारित गर्न नहुने मत राख्दै आएको छ । शुक्रबार बसेको सत्तारूढ गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासँग एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले स्थायी कमिटी बैठकबाट पार्टीले एमसीसीको आधिकारिक निर्णय लिने भन्दै समय माग…

पुरा पढ्नुहाेस्