एक्लदै ट्रम्प : अमेरिकाको सुराकी विभाग प्रमुख कोट्सद्धारा राजिनामा

साउन १३,काठमाडौँ । अमेरिकाको सुराकी विभागका प्रमुख डान कोट्सले राजिनामा दिएका छन् ।

कोट्सले केही समय अघि नै राजिनामा दिएपनि राष्ट्रपति ट्रम्पले उनको ठाउँमा जोन र्‍याटक्लिफलाई नियुक्त गरेपछि मात्र यसबारे सार्वजनिक भएको हो ।

यससँगै कोट्स ट्रम्प प्रशासन छोड्ने पछिल्लो उच्च पदस्थ ब्यक्ति बनेको बीबीसीले जनाएको छ ।

राष्ट्रपति ट्रम्पले गएको जनवरीमा प्रमुख कोर्ट निष्कृय रहेको र इरानले उत्पन्न गर्न सक्ने खतराबारे बेखबर रहेको आरोप लगाएका थिए ।

संम्बन्धित समचार

Leave a Reply