बेलायत सन् २०२० को जनवरी ३१ देखि युरोपियन युनियनबाट बाहिरिने

पौष ५, काठमाण्डौँ । बेलायत सन् २०२० को जनवरी ३१ देखि युरोपियन युनियनबाट बाहिरिने पक्का भएको छ । युरोपियन युनियनबाट बाहिरिने गरी बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले संसदमा राखेको प्रस्ताव पारित भएसँगै बेलायत अब युरोपियन युनियनबाट बाहिरिने पक्का भएको हो ।

जनवरी ३१ मा इयूबाट बाहिरिने प्रस्तावको पक्षमा ३५८ सांसदले मत दिएका थिए । त्यसको विपक्षमा २३४ सांसदको मत परेको थियो । अर्थात बाहिरिने प्रस्ताव १२४ मतले अघि रह्यो । यो विधेयकमा अब संसदमा विस्तृत छलफल हुनेछ ।
बेलायत इयूबाट बाहिरनका लागि अब एक चरण मात्रै बाँकी रहेको प्रधानमन्त्री जोन्सनले बताएका छन् । विधेयकमाथि आउँदो जनवरी ७, ८ र ९ मा संसदमा छलफल हुने भएको छ ।

संम्बन्धित समचार

Leave a Reply