भारतमा कोरोनाबाट ज्यान जानेको संख्या तीन पुग्यो

चैत्र ४, काठमाण्डौ । कोरोना भाइरसका कारण भारतमा मृत्यु हुनेको संख्या तीन पुगेको छ । महाराष्ट्रमा ६४ वर्षका एक पुरुषको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ । भारतको स्वास्थ्य विभागले वेबसाइटमा उल्लेख गरे अनुसार भारतमा अहिलेसम्म १२८ जनामा कोरोना संक्रमण देखिएको छ र त्यसमध्ये ३६ जना महाराष्ट्रका मात्रै रहेका छन् ।

यस अघि १० मार्चमा कर्नाटकमा ७६ वर्षीय पुरुष र १३ मार्चमा पश्चिम दिल्लीमा ६९ वर्षीया महिलाको मृत्यु भएको थियो । उनीहरू दुबै विदेशबाट भारत आएका थिए ।

संम्बन्धित समचार

Leave a Reply