अमेरिकाले डिसेम्बरसम्म कामदार भिसा र ग्रिनकार्ड रोक्यो

असार ९, काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी कामदार भिसामा रोक लगाएका छन् । उनले मंगलबार कार्यकारी आदेश जारी गर्दै डिसेम्बरसम्म विदेशी कामदार भिसामा रोक लगाएका हुन् । आदेशपछि आप्रवासी भिसाको दायरासमेत साँघुरो भएको छ ।

कोरोना भाइरस संक्रमण फैलिएसँगै अमेरिकामा बेरोजगारीको दर बढेकाले अमेरिकी नागरिको रोजगारको स‌ंरक्षणका लागि भन्दै उनले नयाँ आदेश जारी गरेका हुन् । आदेशपछि एचवान बी, एच फोर र एल भिसाका साथमा जे र एचटुबी भिसामा प्रतिबन्ध लागेको छ । आदेशले प्रविधि र वन पैदावार उद्योगमा जाने कामदार रोकिएका छन् । यो आदेशले करिब २ लाख १९ हजार प्रभावित हुने सीएनएनले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply