मेक्सिकोमा सवारी दुर्घटना हुँदा ४९ जनाको मृत्यु

मंसिर २४, काठमाडौं । मेक्सिकोमा भएको सवारी दुर्घटनामा कम्तिमा ४९ जनाको मृत्यु भएको छ। बिहीबार दक्षिणी मेक्सिकोमा एउटा लामो सवारी साधन गाडी ९ट्रेलर० ट्रकसँग ठोक्किएर पल्टिँदा कम्तीमा ४९ जनाको मृत्यु भएको हो ।

मारिने अधिकांश आप्रवासी रहेको बीबीसीले जनाएको छ । ग्वाटेमालाको सिमानामा रहेको चियापास राज्यको नागरिक सुरक्षा सेवाले दुर्घटनामा कम्तीमा ५८ जना घाइते भएको बताएको छ, जसमध्ये तीन जनाको अवस्था गम्भीर छ ।

मेक्सिकोका विदेशमन्त्री मार्सेलो एब्रार्डले मृत्यु हुनेमा केही विदेशी नागरिक रहेको बताए ।

संम्बन्धित समचार

Leave a Reply