प्रेस युनियनको महाधिवेशन भदौ २१ र २२ मा गर्ने निर्णय

जेठ १०, काठमाडौं । नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन सरेको छ । निर्वाचनका कारण समय अभाव र पार्टीको निर्देशन अनुसार भन्दै महाधिवेशन सारिएको हो । यसअघि यही जेठ १३ र १४ गते हेटौडामा गर्ने भनिएको थियो ।

प्रेस युनियनद्वारा मंगलबार जारी विज्ञप्तिमा नेपाली कांग्रेसले गत वशाख २१ गते प्रेस विज्ञप्ति जारी गरी भ्रातृ र शुभेच्छुक संस्थाको महाधिवेशन स्थानीय तहको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक नहुन्जेलसम्मका लागि स्थगित गर्न गरेको निर्देशन अनुसार सार्नुपरेको उल्लेख छ ।

विज्ञप्तिमा नेपाल प्रेस युनियनको यही जेठ १३ र १४ गते निर्धारित नवौँ महाधिवेशन स्थगित गरी २०७९ साल भदौ २१ र २२ गते हेटौडामा गर्ने गरी निर्णय भएको बताइएको छ । आगामी भदौ २१ र २२ गतेका लागि तय भएको नवौँ महाधिवेशनको तयारीमा सम्पूर्ण युनियनकर्मीहरूलाई क्रियाशीलताका साथ जुट्न पनि आग्रह गरिएको छ ।

संम्बन्धित समचार

Leave a Reply