लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेशसभाबाट पारित

जेठ २९, बुटवल । लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९र०८० को नीति तथा कार्यक्रम आइतवार पारित भएको छ । गत बुधवार प्रदेश प्रमुख अमिक शेरचनले प्रस्तुत गरेको १८६ बुँदे नीति तथा कार्यक्रम आइतवार बसेको प्रदेशसभाको १०औँ अधिवेशनको १०औँ बैठकले बहुमतले पारित गरेको हो।

यसअघि प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले दर्ता गराएको संशोधन प्रस्ताव फिर्ता लिएका थिए। आइतवारको बैठकमा नीति तथा कार्यक्रममाथि प्रदेश सभा सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री कुलप्रसाद केसीले राजनीतिक मतभेद र राजनीतिक विचार दृष्टिकोण फरक(फरक भएपनि लुम्बिनीको विकासमा एकतावद्ध भएर अघि बढ्न आग्रह गरे। ८० सदस्यीय लुम्बिनी प्रदेशसभामा सत्ता पक्षमा ४३ र विपक्षमा ३७ सांसद छन्।

संम्बन्धित समचार

Leave a Reply