नेपाल भुजेल संघ (समाजवादी)को केन्द्रिय अध्यक्षमा रविन भुजेल चयन

असार ३२,काठमाडौँ । नेपाल भुजेल संघ (समाजवादी) को केन्द्रिय अध्यक्षमा रविन भुजेल चयन भएका छन् । शनिबार आयेजित प्रथम केन्द्रिय भेलाले भुजेललाई अध्यक्ष चयन गरेको हो । भेलाले १५ सदस्य केन्द्रिय समितीसमेत गठन गरेको छ । देभका विभिन्न जिल्लाबाट आएका समाजवादीनिकट भुजेलहरुको आज राजधानीमा भेला रहेको थियो ।

नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य तथा मोर्चा संगठनका उपप्रमुख भविश्वर पराजुलीको प्रमुख आतिथ्यमा नेपाल भुजेल संघ (समाजवादी) को केन्द्रीय भेला सम्पन्न भएको हो ।

नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) को केन्द्रीय सम्पर्क कार्यालयमा सम्पन्न भएको भेलामा केन्द्रीय सदस्य, इन्चार्ज तथा महासंघका अध्यक्ष पासाङ शेर्पा, पार्टीका केन्द्रीय सदस्यद्वय मनराज भुजेल, बालकृष्ण लम्साल, महासचिव चन्द्र तामाङलगायत अतिथिको उपस्थिति रहेको थियो ।

अध्यक्ष चयन भएपछि रविन भुजेलले संगठन विस्तारलाई व्यापक बनाइने बताए । उनको अनुसार संघको ७७ वटै जिल्ला र ७ वटै प्रदेशमा समिती बनाइनेछ । यो संगै भुजेल एकिकृत समाजवादी जनजाती महासंघको केन्द्रिय सदस्य स्वत भएका छन् ।

संम्बन्धित समचार

Leave a Reply