सार्वजनिक सवारीको पनि आयु असीमित बनाउने सरकारको तयारी

साउन २६, काठमाडौं । यातायात व्यवसायीहरुले लामो समयदेखि गरिरहेको माग हो– २० वर्षपछि सार्वजनिक सवारी चलाउन नपाइने व्यवस्था खारेज गर । उनीहरुले गाडीलाई ‘फलाम’का रुपमा मात्र अर्थ्याएर आयु तोक्न नहुने तर्क गर्दै संघ र प्रदेश सरकारहरुमाथि दबाव दिइरहेका थिए ।

प्रदूषण र दुर्घटना न्युनीकरण गर्ने तथा सडक–सवारी सुरक्षा बढाउने उद्देश्यले सरकारले २०७३ मा २० वर्ष पुगेका सवारी सञ्चालनमा रोक लगाएको थियो । सरकारले २० वर्ष पुराना सार्वजनिक सवारीलाई २०७३ फागुनयता सडकमा चल्न दिएको छैन । निजी र सरकारी गाडीको भने आयु तोकिएको छैन । अब व्यवसायीको मागअनुसारै सार्वजनिक सवारीको पनि आयु असीमित बनाउन सरकार तयार देखिएको छ ।

संम्बन्धित समचार

Leave a Reply