३२ दलले सच्याएर बुझाए समानुपातिकको बन्दसूची

असोज १७, काठमाडौं । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि ३२ राजनीतिक दलले प्रतिनिधि सभातर्फको समानुपातिकको बन्दसूची सच्याएका छन् । निर्वाचन आयोगले आइतबारसम्म बन्दसूची संशोधन गर्न अवधि दिएकोमा आइतबार साँझसम्म ३२ दलले पहिले प्रस्तुत गरेको सूची संशोधन गरी आयोगमा बुझाएका छन् ।

निर्वाचन आयोग राजनीतिक दल शाखाका उपन्यायाधिवक्ता तथा समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार आइतबार साँझसम्ममा ३२ वटा राजनीतिक दलले समानुपातिकको बन्दसूची सच्याएर बुझाएका हुन् । आयोगले प्रतिनिधि सभा र प्रदेश सभातर्फ समानुपातिकको बन्दसूची सच्याउन ४८ राजनीतिक दललाई पत्राचार गरेको थियो ।

यस्तै प्रदेश सभातर्फ प्रदेश १ मा ३१ दल, मधेश प्रदेशमा २१, बागमती प्रदेशमा २० दल, गण्डकी प्रदेशमा २५ दल, लुम्बिनी प्रदेशमा २४ दल, कर्णाली प्रदेशमा २० दल र सुदूरपश्चिम प्रदेशमा २४ राजनीतिक दलले समानुपातिकको सूची सच्याएर बुझाएको प्रवक्ता वाग्लेले बताए ।

संम्बन्धित समचार

Leave a Comment