३२ दलले सच्याएर बुझाए समानुपातिकको बन्दसूची

असोज १७, काठमाडौं । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि ३२ राजनीतिक दलले प्रतिनिधि सभातर्फको समानुपातिकको बन्दसूची सच्याएका छन् । निर्वाचन आयोगले आइतबारसम्म बन्दसूची संशोधन गर्न अवधि दिएकोमा आइतबार साँझसम्म ३२ दलले पहिले प्रस्तुत गरेको सूची संशोधन गरी आयोगमा बुझाएका छन् । निर्वाचन आयोग राजनीतिक दल शाखाका उपन्यायाधिवक्ता तथा समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार आइतबार साँझसम्ममा ३२ वटा राजनीतिक दलले समानुपातिकको बन्दसूची सच्याएर बुझाएका हुन् । आयोगले प्रतिनिधि सभा र प्रदेश सभातर्फ समानुपातिकको बन्दसूची सच्याउन ४८ राजनीतिक दललाई पत्राचार गरेको थियो । यस्तै प्रदेश सभातर्फ प्रदेश १ मा ३१…

पुरा पढ्नुहाेस्

निर्वाचन विरोधी गतिविधि गरे कारवाही हुन्छ : गृह मन्त्रालय

बैशाख २७, काठमाडौं । गृह मन्त्रालयले निर्वाचन विरोधी गतिविधि गर्नेलाई कारबाही हुने जनाएको छ । प्रवक्ता एवम् सहसचिव फणिन्द्रमणि पोखरेलले विज्ञप्ति जारी गर्दै निर्वाचन विरोधी गतिविधि गर्ने, समाजमा शान्ति र सहिष्णुता विथोल्ने तथा मतदातालाई प्रभावित पार्न खोज्नेलाई कानुन बमोजिम कारबाही गरिने जनाएका छन् । निर्वाचनको बहानामा कानुन विपरीतका गतिविधिमा संलग्न हुने र कानुन हातमा लिने छुट कसैलाई पनि नभएको गृह मन्त्रालयले जनाएको छ । त्यस्ता गतिविधिको सुरक्षा निकायबाट सूक्ष्म निगरानी भइरहेको पनि मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना, २०७८ अनुरुप निर्वाचन स्वच्छ, भयरहित…

पुरा पढ्नुहाेस्

सत्ता गठबन्धनको चुनावी सभा आज काठमाडौंमा

बैशाख २३, काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध पाँच दलले आज काठमाडौंमा संयुक्त चुनावी सभा गर्दै छन् । बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनलक्षित सभा शुक्रबार काठमाडौंमा गर्न लागिएको छ । काठमाडौंको भृकुटीमण्डपमा दिउँसो २ बजेदेखि सभा हुने काठामाडौंको मेयरका प्रत्याशी सिर्जना सिंहले जनाकारी दिइन । सभामा गठबन्धनमा आवद्ध शिर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ । गठबन्धनको पहिलो संयुक्त चुनावी सभामा बिहीबार चितवनको भरतपुरमा सम्पन्न भएको थियो । गठबन्धनको चुनावी कार्यक्रमअन्तर्गत यसपछि शनिबार (भोलि) जनकपुरमा, आइतबार बिहान ११ बजे पोखरामा, सोही दिन दिउँसो दाङको घोराही र तुलसीपुरमा, सोमबार धनगढीमा र…

पुरा पढ्नुहाेस्

आयोगले भोलिदेखि मतपत्र ढुवानी थाल्ने

बैशाख १२, काठमाडौँ । आसन्न स्थानीय तहको निर्वाचनका निर्वाचन आयोगले भोलि (मङ्गलवार)देखि मतपत्र ढुवानीको काम थाल्ने भएको छ । आयोगमा आज सोमवार भएको पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्माले दुर्गम जिल्लाका लागि भोलिदेखि नै मतपत्र ढुवानीको काम सुरु हुने जानकारी दिए । प्रवक्ता शर्माले अहिलेसम्म ८० प्रतिशत अर्थात् ६८ जिल्लाका लागि एक करोड ५४ लाख ८३ हजार मत पत्र छपाइ सकिएको उनले बताए । चुनावका लागि आयोगले जगेडासहित एक करोड ९४ लाख मतपत्र छाप्दैछ । निर्वाचन सामग्री भने सबै जिल्लामा पठाइसकिएको आयोगले जनाएको छ । यसैबीच आयोगले आचारसंहिता पालना नगर्ने राजनीतिक…

पुरा पढ्नुहाेस्

स्थानीय चुनावका लागि सत्ता गठबन्धनले संयन्त्र बनाउने

चैत १७, काठमाडौँ । सत्तारूढ गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचनमा तालमेल गरेर अघि बढ्ने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले आगामी स्थानीय तहको निर्वाचनमा पाँच दलहरू मिलेर निर्वाचनमा सहभागी हुने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार निर्वाचनमा तालमेल गर्न गठबन्धनमा सहभागी दलहरूका प्रदेश स्तरीय प्रमुख, जिल्लास्तरीय प्रमुख र गाउँपालिकाका प्रमुखहरूको एउटा संयन्त्र बनाउने र उक्त संयन्त्रले आफ्नो पार्टीको विवरण बुझाएपछि स्थानीय तहको निर्वाचनमा गठबन्धनको तालमेलमा सहभागी हुनेछ । ‘स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनले तालमेल गरेर अघि…

पुरा पढ्नुहाेस्

बारको निर्वाचनको तालिका प्रकाशित, आज मतदाता नामावली प्रकाशित

फागुन १०, काठमाडौं । नेपाल बार एसोसिएसनले आगामी चैत १९ गते हुने निर्वाचनको तालिका प्रकाशित गरेको छ । तालिका अनुसार बारले मंगलबार (आज) मतदाता नामावली प्रकाशित गर्ने छ । निर्वाचन समितिका अनुसार आज अपरान्ह ४ बजे मतदाता नामावली प्रकाशन गरेसँगै बार एशोसिएशनको निर्वाचन प्रक्रिया सुरु हुनेछ । १९ चैतमा हुने निर्वाचनबाट १ अध्यक्ष, ८ उपाध्यक्ष, १ महासचिव, १ कोषाध्यक्ष र १४ जना सदस्यसहित केन्द्रीय नेतृत्व चयन गर्ने समितिले जनाएको छ । निर्वाचन समितिका अनुसार आज अपरान्ह ४ बजे मतदाता नामावली प्रकाशन भए पछि १३ फागुन भित्र मतदाता नामावलीमा दाबी विरोध…

पुरा पढ्नुहाेस्

निर्वाचन दिवसः ‘निर्वाचनमा सबै सधैँ सँगै’

फागुन ७, काठमाडौँ । ‘निर्वाचनमा सबै सधैँ सँर्ग’ भन्ने मुल नाराका साथ आज छैटौं निर्वाचन दिवस मनाइँदैछ । नेपालमा सर्वप्रथम २०१५ फागुन ७ गते निर्वाचन प्रारम्भ भई बालिग नेपालीले आफ्नो मताधिकार उपयोग गर्न पाएको दिनको स्मरण गर्दै यस वर्षको निर्वाचन दिवस उल्लासमय वातावरणमा मनाउन लागिएको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सम्पूर्ण मतदातालाई शुभकामना दिँदै आगामी स्थानीय तह निर्वाचनमा स्वतः स्फूर्त सक्रिय एवं उत्साहजनक रूपमा सहभागी हुन आह्वान गरेका छन् । स्थानीय तहको निर्वाचन तीव्र तयारीकै बीचमा यसपटक निर्वाचन दिवस मनाइँदैछ। सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते…

पुरा पढ्नुहाेस्

स्थानीय चुनावको मिति तोक्न मन्त्रिपरिषद बैठक बस्दै

माघ २०, काठमाडौँ । मन्त्रिपरिषदको बैठक बस्दै छ । हरेक सोमबार र बिहीबार नियमित मन्त्रिपरिषदको बैठक बस्ने भएपनि अहिलेसम्म कति बजे बस्ने भन्नेबारे टुंगो लागेको छैन । आज बस्ने बैठकले स्थानीय तह निर्वाचनको मिति तोक्ने बताइएको छ । गत मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको परामर्शमा निर्वाचन आयोगका पदाधिकारीले जेठ चार गते स्थानीय तह निर्वाचनको मिति प्रस्ताव गरेका थिए । प्रधानमन्त्री देउवाले आगामी मन्त्रिपरिषदको बैठकले आयोगले तोकेको मितिबारे टुंगो लगाउने आश्वासन दिएपछि आयोग निर्वाचनको तयारीमा जुटेको छ । यस्तै हिजो मात्रै गृहमन्त्री बालकृष्ण खाडले सत्ता साझेदार एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग…

पुरा पढ्नुहाेस्