गठबन्धनमा सिट बाँडफाँटको टुंगो लागेन, बैठक भोली पनि बस्ने

असोज १८, चितवन । आगामी मंसिर ४ मा हुने निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि सिट बाँडफाँटको टुंगो लगाउन बसेको पाँच दलीय सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष सकिएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको हो । हिजोको बैठक पनि बिना निष्कर्ष टुंगिएको थियो । आजको बैठकले पाँच दलीय कार्यदलले गृहकार्य गरी पठाएको प्रतिवेदनमा छलफल गरी अन्तिम रुप दिने विश्वास गरिए पनि ठोस सहमति हुन नसकेको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए । प्रतिनिधिसभातर्फको सिट बाँडफाँट अन्तिम चरणमा पुगेको बताउँदै उनले केही क्षेत्रहरुमा मात्र सहमति हुन बाँकी रहेका…

पुरा पढ्नुहाेस्

भागबण्डा मिलाउन सत्ता गठबन्धनको ‘निर्णायक बैठक’ बस्दै

असोज १८, काठमाडौं । आसन्न निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा सिट बाँडफाँटको अन्तिम टुंगो लगाउन सत्ता गठबन्धनको बैठक आज मंगलबार पनि बस्दैछ । आजको बैठकलाई ‘निर्णायक बैठक’ भनिएको छ । हिजोको बैठक विना निष्कर्ष सकिएको थियो । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलका अनुसार मंगलबारको बैठकबाट सिट बाँडफाँटको अन्तिम टुंगो लगाउने तयारी छ । जसका लागि अहिले दलहरू आन्तरिक तयारीमा छन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ११ बजेका लागि बोलाइएको छ । सिट बाँडफाँटका लागि सत्तारूढ गठबन्धनले गत साउन २० गते ११ सदस्यीय कार्यदल गठन गरेको थियो । साउन…

पुरा पढ्नुहाेस्

भागबण्डा टुङ्ग्याउन सत्ता गठबन्धनको बैठक बालुवाटारमा

असोज १७, काठमाडौँ । आगामी मंसिर ४ गते हुने निर्वाचनको प्रतिनिधि सभा र र प्रदेश सभा सदस्य पदका लागि सिट बाँडफाँट टुङ्गयाउन सत्ता गठबन्धनका शीर्षसहित कार्यदल सदस्यहरूको बिहानैबाट छलफल जारी छ । बिहान साढे ८ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको छलफलमा प्रतिनिधि सभाका केही निर्वाचन क्षेत्र र प्रदेश सभाका निर्वाचन क्षेत्रबारे छलफल भइरहेको जसपाका कार्यदल सदस्य मनिष सुमनले जानकारी दिए । ‘हामी बिहान साढे ८ बजेदेखि छलफलमा छौ, आज टुंगो लगाउने भनिएको छ तर के हुन्छ हेरौँ’, सुमनले भने,‘ शीर्ष नेताले चाहे आजै सिट बाँडफाँट टुंगो लाग्छ ।’ सिट बाँडफाँटमा…

पुरा पढ्नुहाेस्

गलकोट नगरको मेयर र उपमेयरमा गठबन्धनका उम्मेदवार विजयी

जेठ २, काठमाडौँ । बागलुङको गलकोट नगरपालिकाको मेयर र उपमेयरमा सत्ता गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । पाँच दलीय गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका भरत शर्मा गैरे विजयी भएका हुन् । यसअघि पनि उनि प्रमुख पदमा थिए । उनले ५ हजार ४ सय १४ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका पूर्ण काउचाले ३ हजार ५ सय १९ र स्वतन्त्र उम्मेदवार मञ्जु शर्मा चालिसेले ३ हजार २६२ मत प्राप्त गरेकी छन् । नगरको उपमेयरमा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका फमलाल निउरेले जितेका छन् । उनले ६ हजार…

पुरा पढ्नुहाेस्

धनगढीमा आज सत्ता गठबन्धनको चुनावी सभा

बैशाख २६, काठमाडौँ । बैशाख ३० मा गते हुने स्थानीय तहको निर्वाचन लक्षित सत्ता गठबन्धनको चुनावी सभा सोमबार कैलालीको धनगढीमा हुँदैछ । चुनावी सभालाई नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्बधोन गर्ने तय भएको छ । यस्तै, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र सहमहामन्त्री फरमुल्लाह मंसुरलगायत अन्य नेताहरूले पनि सम्बोधन गर्ने कार्यक्रम छ । चुनावी सभामा सहभागी हुन देउवा आइतबार नै धनगढी पुगिसकेका छन् । सोमबार देउवाको गृहजिल्ला डडेल्धुरामा पनि चुनावी सभा हुनेछ । सोमबार धनगढीको भेलालाई…

पुरा पढ्नुहाेस्

सत्ता गठबन्धनको चुनावी सभा आज काठमाडौंमा

बैशाख २३, काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध पाँच दलले आज काठमाडौंमा संयुक्त चुनावी सभा गर्दै छन् । बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनलक्षित सभा शुक्रबार काठमाडौंमा गर्न लागिएको छ । काठमाडौंको भृकुटीमण्डपमा दिउँसो २ बजेदेखि सभा हुने काठामाडौंको मेयरका प्रत्याशी सिर्जना सिंहले जनाकारी दिइन । सभामा गठबन्धनमा आवद्ध शिर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ । गठबन्धनको पहिलो संयुक्त चुनावी सभामा बिहीबार चितवनको भरतपुरमा सम्पन्न भएको थियो । गठबन्धनको चुनावी कार्यक्रमअन्तर्गत यसपछि शनिबार (भोलि) जनकपुरमा, आइतबार बिहान ११ बजे पोखरामा, सोही दिन दिउँसो दाङको घोराही र तुलसीपुरमा, सोमबार धनगढीमा र…

पुरा पढ्नुहाेस्

भरतपुरमा सत्तारुढ दलको चुनावी सभास्थल जलमग्न

बैशाख २२, काठमाडौं । सत्ता गठबन्धनको चुनावी सभास्थल भरतपुरको केन्द्रीय बसपार्क क्षेत्र जलमग्न भएको छ । गएरातिको वर्षाले भरतपुरस्थित केन्द्रीय बस टर्मिनलको खाली क्षेत्र जलमग्न भएको हो । सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलललगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो । उक्त सभास्थलमा पानी जमेर ताल बनेको छ । बुधबारदेखि बनाउन थालिएको मञ्चको भाग पानीले पुरै डुबेको छ । सम्भव भए जेनेरेटरको प्रयोगले पानी फालेर सोही स्थानमा सभा…

पुरा पढ्नुहाेस्

सत्ता गठबन्धनले आइतबारदेखि संयुक्त चुनावी सभा गर्ने

बैशाख १६, काठमाडौँ । पाँच दलीय गठबन्धनले आइतबारदेखि सातै प्रदेशको राजधानीमा संयुक्त चुनावी सभा गर्ने भएको छ । चुनावी सभालाई गठबन्धन दलका प्रमुख नेता र निर्वाचन तयारी तथा अनुगमन समिति संयोजक गरी ६ जनाले सम्बोधन गर्ने भएका छन् । संयुक्त चुनावी सभा आइतबार (१८ वैशाखमा) सुदूरपश्चिम प्रदेशको धनगढी र कर्णाली प्रदेशको सुर्खेतमा हुनेछ । सोमबार (१९ वैशाखमा) लुम्बिनी प्रदेशको बुटवल र गण्डकी प्रदेशको कास्कीमा हुनेछ । मंगलबार (२० वैशाखमा) प्रदेश १ को विराटनगर र मधेस प्रदेशको जनकपुरमा चुनावी सभा हुने भएको छ । बुधबार (२१ वैशाखमा) भने संघीय राजधानीसमेत रहेको…

पुरा पढ्नुहाेस्

सत्ता गठबन्धनमा अझै भागबण्डा मिलेन, आज पनि बैठक बस्ने

बैशाख ७, काठमाडौँ । आशन्न स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने निर्णय गरेका सत्ता गठबन्धनका दलबीच महानगर र उपमहानगर बाँडफाँटमा अझै टुंगो लाग्न सकेको छैन । गएराति दुई बजेसम्म बसेको बैठकमा उपमहानगरको बाँडफाँड मिलाउन नसकेपछि बैठक बिनानिष्कर्ष सकिएको हो । मंगलबार राति प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले चुनावी तालमेल गर्ने बिषय टुंग्याउन नसक्दा बैठक आज पनि जारी रहने भएको छ । बैठक बालुवाटारमै आज बिहान ११ बजे बस्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । रातिदेखि आज बुधबार बिहान २ बजेसम्म छलफल…

पुरा पढ्नुहाेस्

यस्ता छन् सत्ता गठबन्धनले बनाएका तालमेलका ७ आधारहरु

चैत ३०, काठमाडौं । सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले महानगर र उपमहानगरका प्रमुख र उपप्रमुखसम्बन्धी सिट बाँडफाँटको टुंगो गठबन्धनको केन्द्रीय संयन्त्रले नै गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको सभापतित्वमा मङ्गलबार बालुवाटारमा बसेको बैठकले उक्त निर्णय गरेको हो । सत्तारुढ गठबन्धनले वडा सदस्य र वडाध्यक्षमा चुनावी तालमेल गर्ने अधिकार पालिकास्तरीय संयन्त्रलाई दिएको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । बैठकले नगरपालिका र गाउँपालिकाको प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षको तालमेलको आवश्यक निर्णय गरी वैशाख ३ गतेभित्र जिल्ला संयन्त्रले प्रदेश…

पुरा पढ्नुहाेस्