भरतपुरमा सत्तारुढ दलको चुनावी सभास्थल जलमग्न

बैशाख २२, काठमाडौं । सत्ता गठबन्धनको चुनावी सभास्थल भरतपुरको केन्द्रीय बसपार्क क्षेत्र जलमग्न भएको छ । गएरातिको वर्षाले भरतपुरस्थित केन्द्रीय बस टर्मिनलको खाली क्षेत्र जलमग्न भएको हो ।

सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलललगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो ।

उक्त सभास्थलमा पानी जमेर ताल बनेको छ । बुधबारदेखि बनाउन थालिएको मञ्चको भाग पानीले पुरै डुबेको छ । सम्भव भए जेनेरेटरको प्रयोगले पानी फालेर सोही स्थानमा सभा गर्ने, नभए वैकल्पिक व्यवस्था गरिने गठबन्धनका चितवनस्तरीय नेताहरूले बताएका छन् ।

भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी रेणु दाहाल र उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी उम्मेदवार छन् ।

यो क्षेत्रमा कांग्रेसका पुराना नेता जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने एमालेको तर्फबाट विजय सुवेदी मैदानमा छन् ।

पौडेलको उम्मेदवारी फिर्ता गराउन गृहमन्त्री बालकृष्ण खाणसहितका कांग्रेस नेताहरू चितवन पुगेपनि सफल हुन सकेका थिएनन् । पौडेललको उम्मेदवारीले सत्ता गठबन्धनलाई चुनौती थपिएको छ ।

संम्बन्धित समचार

Leave a Reply