राजनीतिक दलले आफूभन्दा माथि जनतालाई राखेर निर्णय गर्नुपर्छ: उपमेयर डंगोल

कात्तिक ९,काठमाडौँ । काठमाण्डौ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सरकार र राजनीतिक दलले आफूभन्दा माथि जनतालाई राखेर निर्णय लिन आवश्यक रहेको बताएकी छिन् ।

आज बुधवार भक्तपुरमा आयोजित नेपाल सम्वत् ११४३ को अवसरमा शुभकामना आदानप्रदान एवम् राष्ट्रिय विभूति शंखधर साख्वाको सालिकमा माल्यार्पण समारोहमा बोल्दै उपमेयर शाक्यले यस्तो बताएकी हुन् । उहाँले नेपाल सम्वतको छुट्टै मौलिक महत्त्व र पहिचान रहेको भन्दै नेपाल सम्वतलाई व्यवहारमा लागू गर्न आवश्यक भएको बताइन । उनले सरकारी कार्यालयहरूमा चलाउने डकुमेन्टहरूमा नेपाल सम्वत प्रयोग गर्न नसकेसम्म राष्ट्रिय सम्वत, राष्ट्रिय विभूतिको मान्यता दिएको अर्थ नरहने जिकिर गरिन् ।

उनले भनिन्, ‘नेपाल सम्वतको छुट्टै मौलिक महत्त्व र पहिचान छ । नेपाल संवत मनाइरहँदा राष्ट्रिय विभूतिबाट सिक्नुपर्ने धेरै पाठ छ । जनतालाई ऋण मोचन गरेझैँ सरकार र राजनीतिक दलले आफूभन्दा माथि जनता भनेर सोच्न जरुरी छ ।’

उपमेयर डंगोलले संसारमा नै नभएको देशको नामबाट एउटै मात्र संवत भनेको नेपाल सम्वत रहेकाले यसको संरक्षण गर्न आवश्यक रहेको बताइन्।

संम्बन्धित समचार

Leave a Reply