बाराही हाइड्रोको आईपीओ बाँडफाँट !

पौष ३, काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले मंसिर २१ गतेदेखि २६ गतेसम्म निष्काशन खुला गरेको आईपीओ आगामी आज बिहान बाँडफाँट भएको छ । बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको शेयर ५१ हजार ५ सय २२ जनाले १०–१० कित्ताका दरले पाएका छन् ।

लगानीकर्ताले बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको वेबसाइट www.niblcapital.com र मेरोसेयर एकाउन्ट बाट आइपीओको नतिजा हेर्न सक्नेछन् । सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/  र कम्पनीको वेबसाइट https://www.barahihydropower.com.np/​  बाट पनि रिजल्ट हेर्न सकिने जनाइएको छ । त्यस्तै, शेयरहब एपबाट पनि आईपीओको नतिजा हेर्न सकिन्छ ।

कम्पनीको आईपीओमा १२ लाख ५८ हजार ४ सय २१ जनाले १ करोड ४३ लाख ५१ हजार ८ सय ३० कित्ताको लागि आवेदन दिएका थिए । कम्पनीले ५ लाख ५४ हजार कित्ता आईपीओ निष्काशन खुला गरेको थियो । यसअघि स्थानीयलाई निष्काशन खुला गर्दा बिक्री नभएको १ लाख ४ हजार कित्ता र सर्बसाधारणलाई छुट्याईएको ४ लाख ५० हजार कित्ता गरी कुल ५ लाख ५४ हजार कित्ता आईपीओ निष्काशन गरिएको थियो ।

कूल निष्काशन मध्ये २७ हजार कित्ता शेयर सामुहिक लगानी कोषका लागि र ११ हजार ८० कित्ता शेयर कम्पनीका कर्मचारीको लागि छुट्याईएको छ । बाँकी रहेको ५ लाख १५ हजार २ सय २० कित्ताका लागि सर्बसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।

कम्पनीले बाग्लुङको जैमिनी नगरपालिकामा ठेउले खोलाको पानी उपयोग गरि १.५ मेगावाटको ठेउले खोला जलविद्युत आयोजना संचालन गरी विद्युत प्राधिकरणलाई विद्युत बिक्री गरिरहेको उल्लेख गरेको छ ।

संम्बन्धित समचार

Leave a Reply