सरकारद्धारा नयाँ मर्यादाक्रम सार्वजनिक, कुन मर्यादाक्रममा को ?

पौष २६, काठमाडौं । सरकारले जनप्रतिनिधिलाई कर्मचारीभन्दा माथि राख्दै राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका व्यक्तिहरुको मर्यादाक्रम सार्वजनिक गरेको छ।

गत वर्ष माघ १५ मा राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका विशिष्टदेखि स्थानीय तहका पदाधिकारीहरुको मर्यादाक्रम हेरफेर गरेको सरकारले पछिल्लो मन्त्रीपरिषद् बैठकबाट नयाँ मर्यादाक्रम स्वीकृत गरेको छ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बिहीबार पछिल्ला दुई मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नेक्रममा उक्त जानकारी दिएका हुन्।

गत वर्ष सार्वजनिक मर्यादाक्रममा गाउँपालिका अध्यक्षलगायत स्थानीय तहका जनप्रतिनिधिहरुलाई नेपाली सेनाका अधिकृतभन्दा तल र नगरपालिकाका मेयरलाई सहसचिवभन्दा तल राखिएपछि विवाद उत्पन्न भएको थियो।

२१ वटा क्षेत्रलाई समेटेर नयाँ मर्यार्दाक्रम तोकेको सरकारले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधीश , सभामुख, पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वउपप्रधानमन्त्रीको मर्यादाक्रमलाई यथावत राखेको छ।

तर गत वर्ष पाँचौ नम्बरमा रहेका प्रदेशप्रमुखलाई नयाँ मर्यादाक्रममा छैटौँ नम्बरमा राखिएको छ।

छैटौँ नम्बरमा रहेका सरकारका पूर्वउपप्रधानमन्त्री र प्रदेशका मुख्यमन्त्रीलाई सातौ नम्बरमा राखिएको छ।

सातौ नम्बरमा केन्द्रीय सरकारका मन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री (आफ्नो प्रदेशभित्र), प्रदेश प्रमुख (आफ्नो प्रदेशभन्दा बाहिर), प्रतिनिधिसभाका विपक्षी दलका नेता, नेपाल रत्न पाउनेहरु, प्रदेश सरकारका मुख्यमन्त्री (आफ्नो प्रदेश बाहिर),पूर्व प्रधानन्याधीश, संविधानसभाका अध्यक्ष, प्रतिनिसभाका उपसभामुख, राष्ट्रियसभाका उपाध्यक्ष, सत्तापक्षको संसदीय दलका उपनेता, व्यवस्थापिका संसदका पूर्वसभामुख, प्रतिनिधिसभाका पूर्वसभामुख, राष्ट्रियसभाका पूर्व अध्यक्ष, सरकारका पूर्वउपप्रधानमन्त्री, सरकारका पूर्वमन्त्रीलाई राखिएको छ।

आठौँ नम्बरमा केन्द्रीय सरकारका राज्यमन्त्री, प्रतिनिधिसभाका मुख्य सचेतक(सत्ता पक्षको), प्रतिनिधिसभाका प्रमुख सचेतक – विपक्षी दलको), प्रनिििध सभाका विभिन्न समितिका सभापति, राष्ट्रिय सभाका विभिन्न समितिका सभापति,राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सर्वोच्च अदालतका न्यायाधीश, संवैधानिक निकायका प्रमुख, महान्यायाधिवक्ता,राष्ट्रियसभामा सत्तापक्षको नेता, राष्ट्रियसभामा सत्तापक्षको मुख्य सचेतक, राष्ट्रिसभामा विपक्षी दलको नेता, राष्ट्रियसभामा विपक्षी दलको प्रमुख सचेतक, प्रदेश सभाका सभामुखलाई राखिएको छ।

काठमाडौँ महानगरपालिकाका मेयरलाई नवौँ नम्बरमा राखिएको छ भने अन्य महानगरपालिकाका मेयरलाई १० औँ नम्बरमा राखिएको छ ।

केन्द्रीय सरकारका सहायक–मन्त्री, प्रदेश सरकारका मन्त्री, प्रतिनिधिसभाका सदस्य, राष्ट्रियसभाका सदस्य, प्रदेश सरकारका राज्यमन्त्री, प्रदेश सभाका उपसभामुख, प्रदेश सभाका विभिन्न समितिका सभापति, काठमाडौँ महानगरपालिकाका प्रमुख, संविधानसभाका सदस्य, पूर्व सांसद, सरकारका मुख्यसचिव, प्रधानसेनापतिलाई नवौं नम्बरमा समेटिएको हो।

१० औँ नम्बरमा प्रदेश सरकारका सहायक–मन्त्री, प्रदेश सभाका सचेतक, प्रदेशसभाका सदस्य, महानगरपालिकाका प्रमुख (काठमाडौँ महानगरपालिका बाहेक), जिल्ला समन्वय समितिका प्रमुखलाई राखिएको छ।

११ औँ नम्बरमा संवैधानिक निकायका सदस्य तथा आयुक्त, न्यायपरिषद् सदस्य, राष्ट्रिय योजना आयोगका सदस्य, संघीय संसदका महासचिव, सर्वोच्च अदालतका मुख्य रष्ट्रिार, उच्च अदालतका मुख्यन्यायाधीश, नेपाल राष्ट्र बैंकका गभर्नर, प्रज्ञा प्रतिष्ठानका कुलपति, विश्वविद्यालयका उपकुलपतिलाई राखिएको छ।

सचिव, प्रहरी प्रमुख, उपमहानगरका प्रमुख र काठमाडौंका उपमेयरको मर्यादाक्रम एउटै बनाइएको छ। सरकारका सचिव एवं विशिष्ठ श्रेणीका अधिकृत, राष्ट्र गौरव पाउने महानुभावहरु, नेपाली राजदूत, नेपालस्थित विदेशी राजदूत, सार्कका महासचिव, रथी, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, मुख्य अनुसन्धान निर्देशक (राष्ट्रिय अनुसन्धान विभाग), सर्वोच्च अदालतका रजिष्ट्रार, नायव महान्यायाधिवक्ता, उपमहालेखापरीक्षक, प्रदेश सरकारका प्रमुख सचिव, प्रज्ञा प्रतिष्ठानका उपकुलपति, विश्विद्यालयका प्राध्यापक, उपमहानगरपालिकाका प्रमुख र काठमाडौँ महानगरपालिकाका उपप्रमुखलाई १२ औँ नम्बरमा राखिएको छ।

उच्च अदालतका न्यायाधीश, नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय संयोजकलाई १३ औँ नम्बरमा राखिएको छ।

१४ औँ नम्बरमा प्रदेश लोकसेवा आयोगका अध्यक्ष, नगपालिकाका प्रमुख उपरथी, प्रहरी अतिरिक्त महानिरीक्षक, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक, प्रदेश लोकसेवा आयोगका सदस्य परेका छन्।

१५ औँ नम्बरमा जिल्ला समन्वय समितिका उपप्रमुख, गाउँपालिकाका अध्यक्ष, नगरपालिकाका उपप्रमुख, सरकारका सहसचिव र राजपत्रङित प्रथम श्रेणीका अधिकृत, जिल्ला न्यायाधीश, प्रदेश सरकारका सचिव, प्रमुख जिल्ला अधिकारी र विश्वविद्यालयका सहप्राध्यापक परेका छन्।

१६ औँ नम्बरमा सहायकरथी, प्रहरी नायब महानिरीक्षक,सशस्त्र प्रहरी नायब महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक, नेपालस्थित विदेशी कन्सुल जनरल,महासेनानी लगायत परेका छन्।
नगरपालिकाका प्रमुख १४ औं तथा गाउँपालिकाका प्रमुख १५ औं नम्बरमा पर्दा सरकारका उपसचिव, प्रमुख सेनानी १७ औं नम्बरमा छन् ।

१७ औँ नम्बरमा सरकारका उपसचिव वा सो सरहका अधिकृत प्रमुख सेनानी, प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसनन निर्देशक, विश्वविद्यालयका उपप्राध्यापक परेका छन्।

संम्बन्धित समचार

Leave a Reply