एसपी बढुवाको बाटो खोल्ने तयारी, भोली निर्णय हुन सक्ने

सरकारले प्रहरी नियमावली संसोधन गरेर प्रहरी उपरिक्षक(एसपी)को बढुवा गर्ने तयारी गरेको छ। राजपत्रांकित श्रेणीमा एउटा दर्जाबाट अर्को दर्जामा बढुवा हुन पछिल्लो दर्जामा कम्तिमा ४ वर्ष काम गरेको हुनुपर्ने ब्यवस्था अहिलेको प्रहरी नियमावलीमा छ।

तर अहिले वरिष्ठ प्रहरी उपरिक्षक(एसएसपी)मा १५ दरबन्दी रिक्त भएको लामो समय भइसकेपनि पदपुर्ती भएको छैन। हालका सबैभन्दा सिनियर एसपीले उक्त दर्जामा रहेर काम गरेको चार वर्ष पुरा भएको छैन।

सर्बोच्च अदालतले केही महिना अघि ३ महिनाभन्दा बढी समय पद रिक्त नगर्न आदेश दिईसकेको छ। पदपुर्ति गर्न नियमावली अड्चन भए त्यसलाई संसोधन गर्न सकिने सर्बोच्चको फैसलामा उल्लेख छ।

सरकारले चार वर्षलाई तीन वर्ष बनाएर बढुवाको बाटो खोल्न लागेको हो। यसका लागि लोक सेवा आयोगसँग राय मागिएपनि उसले अस्विकार गरेको थियो। लोक सेवाले प्रतिकुल राय बाबजुत सरकारले बढुवाको बाटो खोल्न लागेको हो। अहिलेको नियमावली अनुसार आगामी फागुन १० गतेपछि मात्र बढुवाको बाटो खुल्ने छ।

शुक्रबार साँझ ४ बजे बस्ने मन्त्रि परिषद् बैठकले नियमावली संसोधन गर्ने प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ।

संम्बन्धित समचार

Leave a Reply