प्रतिनिधि सभा बैठक सुरु (लाइभसहित)

बैशाख ५,काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभा बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा मङ्गलबार दिउँसोबाट बैठक सुरु भएको हो ।

बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री तथा राज्यमन्त्री नियुक्तिसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनु हुने छ ।

सङ्घीय संसद्को महासचिव डा. भरतराज गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७८–०७९’’ पेस गर्नुहुने कार्यसूची रहेको जानकारी दिनुभयो ।

त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग ९तेस्रो संशोधन० विधेयक, २०७७ माथि विचार गरियोस्’’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।

संम्बन्धित समचार

Leave a Reply