सुनको मूल्य बढ्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

साउन १४, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ। आइतबार सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

शुक्रबार प्रति तोला १ लाख १२ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ३ सयले बढेर १ लाख १२ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख १२ हजार ३ सय ५० रुपैयाँ निर्धारण भएको छ ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय ५५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँले बढेको हो । शुक्रबार चाँदी प्रति तोला १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

संम्बन्धित समचार

Leave a Reply