बाल्टिमोरमा कार्गो पानीजहाज पुलमा ठोक्किँदा ६ जनाको मृत्यु

चैत्र १४, काठमाण्डौँ । अमेरिकाको बाल्टिमोरमा एउटा कार्गो पानी जहाज पुलमा ठोक्किँदा ६ जनाको मृत्यु भएको आशंका गरिएको छ । उर्जा प्रणालीमा समस्या आएको एउटा कार्गो पानी जहाज बाल्टिमोर हार्बर नजिकको पुलमा ठोक्किँदा केही सवारी साधन नदीमा खसेका थिए । घटनामा पुल क्षतिग्रस्त भएको छ ।

पुल मर्मत गरिरहेका ६ जना मजदुर नदीमा डुबेर वेपत्ता भएको बताइएको छ । यो घटनापछि अमेरिकी पूर्वी समुद्रीतटमा सबैभन्दा व्यस्त बन्दरगाहमध्ये एक बाल्टिमोर बन्दरगाह बन्द गरिएको छ ।

यूएस कोस्ट गार्ड र मेरिल्याण्ड राज्यका पुलिस अधिकारीहरूले हराएकाहरु जिवितै फेला पर्ने संभावना सकिएको भन्दै उद्धार कार्य बन्द गरेको जनाएका छन् ।

संम्बन्धित समचार

Leave a Reply