नेपाल आयरल्याण्ड वुल्भ्ससँग पराजित

चैत्र १६, काठमाडौँ । आयरल्याण्ड वुल्भ्सले नेपाल ए लाई पराजित गरेको छ । टी–२० सिरिजको पहिलो खेलमा आयरल्यांड वुल्भ्सले नेपाल ए लाई २१ रनले पराजति गरेको हो । आयरल्याण्ड वुल्भ्सले दिएको २२३ रनको लक्ष्य पछाएको नेपालले १९.३ ओभरमा अलआउट हुदै २०१ रन बनायो ।

नेपालका लागि लोकेश बमले आक्रामक ब्याटिंग गर्दै ५५ बलमा १०६ रन बनाएर आउट भए । त्यस्तै आरिफ सेखले ४९ रन बनाए। नेपालले आफ्ना पछिल्ला ७ विकेट १२ रन बनाएर गुमाएपछि खेल हारेको हो ।

त्यसैगरी नेपाल ए का बलर कमल सिंह ऐरीले सर्वाधिक ३ विकेट लिए भने सागर ढकाल र आरिफ सेखले एक एक विकेट लिएका थिए। योसँगै सिरिजमा आयरल्याण्ड वुल्भ्सले १–० को अग्रता लिएको छ। अब सिरिजको दोस्रो खेल भोलि हुने छ ।

संम्बन्धित समचार

Leave a Reply