विश्वविद्यालयमा असारे खर्च : सम्पूर्ण अधिकृत र पदाधिकारी विदेश भ्रमणमा !

असार २२, काठमाडौँ । विश्वविद्यालय अनुदान आयोगका पदाधिकारी र अधिकृतस्तरका १८ कर्मचारी असारे खर्चमा एकैपटक विदेश भ्रमणमा जान लागेका छन् । बजेट सक्न असारको अन्तिममा कार्यालय नै रित्तो बनाएर उनीहरू भियतनाम र चीन भ्रमणमा निस्किन लागेका हुन् । आज १० जना भियतनाम र आठजना चीन उड्दै छन् ।

भियतनामको टोलीमा आयोगका सदस्यसचिव प्रा.डा. देवराज अधिकारीसहित केदारप्रसाद आचार्य, राममणि गौतम, डम्बरलाल श्रेष्ठ, उषा खकुराल, कपिल रिसाल, दुलराज चिमोरिया, विरोद भट्टराई, उषा पोखरेल र शिक्षा मन्त्रालयका उपसचिव रमेश मैनाली टोलीमा छन् । अधिकृत रमेशप्रसाद अधिकारी आन्तरिक कारबाहीमा परेकाले भ्रमणमा सहभागी हुन पाएनन् ।

त्यसैगरी चीन जाने टोलीमा आयोगका अध्यक्ष प्रा.डा. भीम सुवेदी, बोर्ड सदस्यहरू गोविन्द आचार्य, विकास अधिकारी, चन्द्रकला घिमिरे र पिके झा, आयोगका पदेन सदस्य त्रिभुवन विश्वविद्यालय उपकुलपति प्रा.डा. तीर्थ खनियाँ र कृषि तथा वनविज्ञान विश्वविद्यालयका उपकुलपति प्रा.डा. ईश्वरीप्रसाद ढकाल छन् । आयोगका कर्मचारी देवेन्द्र रावल पनि टोलीमा परेका छन् ।

संम्बन्धित समचार

Leave a Reply