उच्चस्तरीय राजनितिक भ्रमणले नेपाल–भारत सम्बन्धमा थप प्रगाढता छाउदैछ

साउन २७,दिल्ली । उच्चस्तरीय राजनितिक भ्रमणले नेपाल–भारत सम्बन्धमा थप प्रगाढता आएको भारतका लागी नेपाली राजदूत निलाम्बर आचार्यले बताएका छन । चुनावपछि आएको भारतीय सरकारले नेपाल र भारत सम्बन्धलाई मुख्य प्राथामिकतामा राखेको उनको भनाई थियो । दुई देशबीच नेपाल र भारतबीच अहिले राजनीतिक स्तरमै सम्पर्क र सञ्चार भइरहेकोले दुवै देशको सम्बन्ध थप नयाँ उचाईमा पुगेको उनको निष्कर्ष रहेको थियो ।

भारतमा रहेको नेपाली राजदुतावासमा पुगेका नेपाली अनलाईन पत्रकारहरु सँग कुरा गदै आचार्यले भने “नेपाल भारत सम्बन्ध अझ विकसित गर्न सकिने आधार समेत निर्माण भएको छ।“ नेपालको विकास र सम्वृद्धी भारतको पनि चाहना रहेको भन्दै आचार्यले भने–विभिन्न योजनाहरुमा भारत सरकारले चासो देखाईरहेको छ । यसले नेपाल सरकारको सुखी नेपाली सम्बृद्ध नेपालको सपनालाई चाँडै साकार पार्न थप मद्धत पुग्छ ।

एक प्रशंगमा आचार्यले हाम्रो विकासका लागि आवश्यक पर्ने कुरा कुन देशसँग सम्बन्ध राख्दा उपयुक्त हुन्छ भन्ने कुरा हामीले निर्धारण गर्ने हो भने । भारत सरकार सँगको सहकार्य दिनप्रतिदिन बढ्दो रहेको भन्दै सबै कुरालाई नकरात्मक लिनु नहुने उनको बुझाई छ ।

भारतमा अहिले जारी निर्वाचनको परिणामले नेपाल र भारतबीच सम्बन्धमा असर नपर्ने बताउँदै दुवै देशले आफ्ना आन्तरिक नीति आफैँ बनाउने हो उनले भने । सबै कुरालाई नकारात्मक दृष्टिले मात्र हेर्नु हुदैन,नेपाल भारतको सम्बन्ध सकरात्मक दिशामा छ उनी भन्छन् ।

पत्रकारहरुको भ्रमण आदान प्रदान गरी नेपाल तथा भारतको थप प्रचार गर्न सुझाब

पर्यटन बर्ष २०२० को सफलता लागि नेपाल र भारतको पत्रकारहरुलाई पर्यटकिय क्षेत्रमा सहकार्य गराउँन पत्रकारहरुले भारतका लागि नेपाली राजदुत निलम्वर आचार्यलाई सुझाब दिएका छन । नेपालमा धेरै पर्यटक भित्र्याउन नेपालको पर्यटकिय क्षेत्रको प्रचार भारतको मिडिया हाउसमा समेत गराउँदा पर्यटक बढ्ने सुझाव दिएका हुन ।

नेपाल भ्रमण वर्षका रुपमा मनाउदै २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएकोमा भ्रमण वर्षको पुर्व संन्ध्यामा भारत र नेपालको पत्रकारहरु बीच सहकार्य गराउँनु आवश्यक रहेको ब्रोडकास्टिङ एसोसियसन अफ नेपाल बानका निर्वतमान अध्यक्ष गोपाल झाले सुझाब दिए । उनले नेपालको पर्यटक बढाउँन भारतका पत्रकारहरुलाई समेत नेपालको पर्यटकीय क्षेत्र घुमाउँन आवश्यक रहेको बताए । नेपाली तथा भारतीय पत्रकारहरुको भ्रमण आदान प्रदान गरी नेपाल तथा भारतको थप प्रचार गर्न सकिने झा को धारणा थियो ।

संम्बन्धित समचार

Leave a Reply