स्व. सुशील कोइरालाको त्याग, बलिदान र सङ्घर्षको स्मृति : सुशील कोइराला फाउण्डेशनको भवन शिलान्यास

माघ १७, काठमाण्डौ । सुशील कोइराला फाउण्डेशन भवनको विहिबार शिलान्यास गरिएको छ । पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको त्याग, बलिदान र सङ्घर्षको स्मृतिमा फाउण्डेशनको भवन निर्माण गर्न लागिएको हो । सादा जीवन, उच्च विचारका प्रतीक स्वर्गीय कोइरालाले समर्पण र कृतज्ञतालाई जीवनभर अनुसरण गरेका कार्यक्रममा सहभागीले बताएका थिए ।

विराटनगर महानगरपालिका वडा नं ८ स्थित अशोक चोकमा निर्माण हुने सो भवनका लागि विराटनगर महानगरपालिकाले तीन कठ्ठा जग्गा प्रदान गरेको छ भने प्रदेश नं १ सरकारले ७५ लाख, विराटनगर महानगरपालिकाले पाँच लाख र विराटनगर महानगरपालिकाका प्रमख भीम पराजुलीले आमाको स्मृतिमा एक लाख ११ हजार सहयोग गरेको फाउण्डेशनका सचिव दीपक चापागाईंले जानकारी दिए । भवन तीन करोडको लागतमा करीब दुई हजार वर्गफिटको बन्ने प्रदेश सरकारले थप सहयोग गर्ने आश्वासन प्राप्त भएको सचिव चापागाईंले बताए ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले भवनको शिलान्यास गर्दै लोकतन्त्र र पार्टीप्रति समर्पित स्वर्गीय कोइराला नेपाली राजनीतिक क्षेत्र अनुकरणीय योगदान दिनुभएको बताए । उनले ‘देश र जनताका निम्ति जीवन सङ्घर्षरत स्वर्गीय कोइराला सबैका लागि प्रेरणादायी भएको बताए ।

भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरले राष्ट्रिय व्यक्तित्वको नाममा प्रदेश सरकारले सहयोग गर्ने वचन दिए । उनले देश र जनताको निम्ति लडिरहने स्वर्गीय कोइरालाले नेपाली जनताको जीवनस्तर उकास्न गरेको योगदानको चर्चा गरे । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले ‘त्याग र बलिदान दिनसक्ने स्वर्गीय कोइराला नेपाली राजनीतिक क्षेत्रमा अनुपम उदाहरण भएका बताए । रासस

संम्बन्धित समचार

Leave a Reply