‘एमसीसीको भविष्य नेकपाका दुई अध्यक्षको आपसी समझदारीमा भर पर्छ’ : सभामुख सापकोटा

फाल्गुण २७, काठमाण्डौ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी च्यालेञ्ज कर्पोरेशन (एमसीसी( सभामुखले तोक लगाइदिने विषय नभएको उल्लेख गरेका छन् । एमसीसीको भविष्य सत्तारुढ नेकपाका दुई अध्यक्षको आपसी समझदारीमा भर पर्ने बताए । सभामुख सापकोटाले मंगलबार दिउँसो आफ्नै निवासमा सम्पादकहरुसँग कुराकानी गर्दै एमसीसी सभामुखको ‘कोर्ट’ मा नभइ सत्तारुढ नेकपाकै ‘कोर्ट’ मा रहेको स्पष्ट संकेत दिए ।

संसदबाट एमसीसी पारित हुन बाँकी रहेको सन्दर्भमा चासो राख्दा सभामुख सापकोटाले आफू अहिले नै यसबारे निष्कर्षमा पुग्न जरुरी नरहेको बताए । एमसीसी पारित हुनेनहुने विषयमा सभामुखको भन्दा पनि सत्तारुढ पार्टीका दुई अध्यक्षको भूमिका निर्णायक हुने सापकोटाको तर्क छ ।

संम्बन्धित समचार

Leave a Reply