विश्व बैंकको प्रक्षेपण : २०२० मा नेपालको आर्थिक बृद्धिदर १ दशमलब ५ !

चैत्र ३०,काठमाडौँ । विश्व बैंकले सन् २०२० मा नेपालको आर्थिक बृद्धिदर १ दशमलब ५ देखी २ दशमलव ८ को हारहारीमा  रहने प्रक्षेपण गरेको छ । कोरोना संकटका कारण नेपाली अर्थतन्त्रमा नराम्रो धक्का पुग्ने प्रक्षेपण गर्दै त्यसले आर्थिक वृद्धिदरमा उच्च गिरावट आउने आँकलन गरेको हो । सन् २०१९ मा नेपालको आर्थिक बृद्धिदर ७ दशमलब १ प्रतिशत रहेको थियो ।

आइतबार दक्षिण एसियाली क्षेत्रको आर्थिक अवस्थाबारे एक रिर्पोट सार्वजनिक गर्दै विश्वबैंकले आर्थिक वृद्धिदरमा उच्च गिरावट आउने प्रक्षेपण गरेको हो । विश्व बैंकका अनुसार दक्षिण यशियाली मुलुक भारत, भूटान, बंगलादेशको आर्थिक वृद्धिसमेत कोभिडले प्रभावित हुने भएको छ । माल्दिभ्सको अर्थतन्त्र १३ प्रतिशतसम्म ऋणात्मक हुने भएको छ । अफगानिस्तान, श्रीलंका र पाकिस्तानको आर्थिक वृद्धिदरसमेत ऋणात्मक हुने अनुमान बैंकको छ ।

सन् २०२० मा परेको असर न्यूनीकरणमा बढी ध्यान दिनुपर्ने भएकाले यसले आगामी दुई आर्थिक वर्षको आर्थिक वृद्धिदरमा समेत असर पुग्न जाने विश्व बैंकले उल्लेख गरेको छ ।

यसअघि एसियाली विकास बैंकले नेपालको आर्थिक वृद्धिदर ४.३ देखि ५.३ प्रतिशतको बीचमा रहने प्रक्षेपण गरेको थियो । दुई बहुराष्ट्रिय निकायको अनुमानमा भने ठूलो अन्तर देखिएको छ ।

यद्दपि कोरोनाले अर्थतन्त्रमा पर्ने गहिरो प्रभावको संकेत भने विश्व बैंक र एसियाली विकास बैंक दुबैले गरेका छन् ।

 

संम्बन्धित समचार

Leave a Reply